म्याग्दीमा एनसेल टावर सुरक्षाका लागि प्रहरी परिचालन

विकल्प न्यूज/बेनी
फागुन ११ गते । म्याग्दीका विभिन्न स्थानमा रहेका एलसेल टावरमा आगजनी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार राती निजी क्षेत्रको दुरसंञ्चार प्रदायक संस्था एनसेलका पाँच वटा रिपिटर टावरमा अज्ञात समुहद्धारा आगजनी हुँदा टावरमा सामान्य क्षति पुगेको प्रहरी नायव उपरिक्षक महेन्द्र मरासीनीले बताउनुभयो ।

टावरमा सामान्य क्षति मात्र पुगेको हो मोवाइल सेवा प्रभावित भएको छैन उहाँले भन्नुभयो ‘टावरको सुरक्षाका लागि प्रहरी टोली पुगिसकेको छ । म्याग्दीका १३ स्थानमा एलसेलका टावर रहेका छन् ।

अज्ञात समुहले बेनी नगरपालिका, ३ भकिम्ली सेले, मंगला गाउँपालिका, ३ बरंजा झाँक्रेपानी, रघुगंगा गापा, ५ झिंको टोड्के र मालिका गापा, १ निस्कोट स्थित रिपिटर टावरमा आगो लगोलगाई क्षति पु¥याएको हो ।

टावरमा क्षति पु¥याउने समुहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लब समुहको नेकपाका कार्यकर्ताहरुले टावरमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।