Breaking News

म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी साउन २६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा काेराेना पुष्टि भएको छ ।

बेनीको न्यूरोडका दुई पसलमा आगलागी हुँदा लाखौंको क्षति

विकल्प न्यूज\बेनी साउन २६ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएको छ । जिवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेका रघुगंगा डेरी र नयन स्टोर्समा आगलागी भएको हो […]

बेनीकाे न्युरोडमा आगलागी

विकल्प न्युज/ बेनी साउन २६ गते । बेनीकाे न्युराेडमा आगलागी भएकाे छ । मंगलबार रााति साढे दुईबजे तिरबाट डेरि र खाद्यान्न पसलमा आगलागी भएको हाे । अहिले प्रहरी ले निभाउने प्रयास गरेकाे छ । निभाउन दमकलकाे प्रयाेग गरिएको छ ।

यी हुन अस्पताल भवन अलपत्र पार्ने ठेकेदारहरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन २५ गते । म्याग्दीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण व्यवसायीका कारण अलपत्र परेको छ । पछिल्लो एकवर्ष यता निर्माण स्थलमा स्रोतसाधन र मजदुर परिचालन गरिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु सम्पर्कविहिन भएका छन् । ठेकेदारहरुको लापरबाहीका कारण भवन अलपत्र अवस्थामा छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको यो लापरबाहीलाई […]

एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २४ गते ।  बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मुहारमा खुसी छाएको […]

कोसी टप्पुमा मायापिरती गाँस्दै हात्ती

काठमाडौँ, साउन २४ गते ।   नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती […]

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

विकल्प न्यूज\बेनी साउन २४ गते ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय […]

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।

व्यवस्थापन समिति र शिक्षकले थाले विद्यालय सुधारको प्रयास

विकल्प न्यूज/बेनी साउन २२ गते । यहाँको एक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई निजी बोर्डिङ स्कुलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक सुधारको प्रयास थालेका छन् । बेनी नगरपालिका १ रत्नेचौर स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिले अभिभावकहरुमा विद्यालयप्रतिको विश्वास जगाउन यस्तो प्रयास थालेको हो । शिक्षक,व्यवस्थापन समितिका सदस्य र गाउँका टाठाबाठाहरुले […]

म्याग्दीमा विहिवार थप ३७ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी साउन २१ गते । म्याग्दीमा विहिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार २१ महिला र १६ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउन खुला गरिएसँगै जिल्लामा संक्रमितको संख्यामा वृद्धि हुनथालेको छ ।

साउन २३ देखि देशभर मास्क अभियान

विकल्प न्यूज/काठमाण्डौं साउन २१ गते ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको […]

परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब

बेनी, साउन २१ गते ।  रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण साहसिक मानिन्छ । भिर पहरामा ज्यान नै […]

भूमि आयोग म्याग्दीको ५ महिनाको खर्च करिब १२ लाख

विकल्प न्यूज/बेनी साउन २० गते । भूमि सम्बन्धि समास्या समाधान आयोग म्याग्दीले पाँच महिनाको अवधिमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७ / ०७८ का लागि प्राप्त भएको १८ लाख ३० हजार ७ सय ३५ मध्य  असार मसान्त सम्म  ११ लाख ८० हजार चालिस रुपैयाँ खर्च भएको हो । जिल्ला समन्वय […]

कोरोनाको पूर्ण खोप लगाउने जिल्ला बन्यो मुस्ताङ

विकल्प न्यूज/बेनी साउन २० गते । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न […]

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल

१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]