मौवाफाटँमा माओवादीको कार्यालय स्थापना

विकल्प न्यूज \बेनी
फागुन १४ गते ।

 नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटीकार्यालय स्थापना गरेको छ। आगामी स्थानीयतहलक्षित गरे शनिबार मौवाफाँटमा स्थापनाभएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्यविनोद केसीले गर्नुभएको हो ।
पाटी कार्यालय स्थापनाको अवसरमा नेकपाएमाले र नेपालीकांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए ।नेपालीकांग्रेसका पुर्व जिल्लाआमन्त्रित सदस्य र हालक्रियाशिल सदस्यरघुगंगा गाउँपालिका २ भगवतीकाशुशिलमल्ल र नेकपाएमाले निर्वाचित वडानम्वर २ की वडासदस्य रशिला परियार र नेकपाएमाले वडा कमिटी सदस्य रमेश कटुवाल सहित एक दर्जन बढी नेतातथाकार्यकतामाओवादीमाप्रवेश गर्नुभएको थियो ।

नेपालीकांग्रेस र नेकपाएमालेबाट प्रवेश गरेका नेताद्वायमल्ल र परियारलगायतलाई गण्डकी प्रदेश सदस्य केसी, नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिकाइन्चार्ज रिमबहादुर कटुवाल र गाउँपालिका कमिटी हरी भण्डारीले सम्मानगर्दै पाटी सदस्यतादिएर प्रवेश गराउनुभएको थियो ।

मल्ल नेपाली कांग्रेस म्याग्दीकापुर्व जिल्लाआमन्त्रि सदस्यएवम् क्रियाशिल सदस्यथिए । भने, परियार एमालेबाट रघुगंगा गाउँपालिका– २ मानिर्वाचित वडा सदस्यएवम् नेकपाएमालेको नवौँ अधिवेशनबाट जिल्ला सदस्यमानिर्वाचितहुनुभएको थियो । त्यस्तै पाटी प्रवेश गर्नुभएका कटुवाल नेकपाएमाले वडानम्वर २ का वडा कमिटी सदस्यहुनुहुन्थ्यो ।

पाटी प्रवेशगर्दै मल्लले देश नेकपामाओवादीको केन्द्रको एजेण्डाले चलेको बताउदैमाओवादी केन्द्र र जनताकापक्षमा रहेका ऐजण्डालाई स्थापित गराएर अघि बढ्न पाटी प्रवेश गरेको भन्नुभयो। उहाँलेस्थानीयतहमामाओवादीको नेतृत्व स्थापित गर्न सक्रियभएर परिचालितहुन सबैलाई आग्रह गर्नुभयो ।

पाटी कार्यालय स्थापनमा बोल्दै गण्डकी प्रदेश सदस्य केसीले पाटी कार्यालय स्थापनाले आगामी स्थानीयतह, प्रदेश र संघको चुनावमाकार्यकर्तासंग सहजीकरण अघि बढ्न सहयोगपुग्ने बताउनुभयो । एमाले र कांग्रेसको नेतृत्व रहेको स्थानीयतहमा संघियताको मर्मविपरित संचालन गरेर उपलब्धीविहिनबनाएकोभन्नुभयो । माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशीब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न आगामीनिर्वाचनमामाओवादीलाई साथदिनआग्रह गर्नुभयो ।
गाउँपालिकाइन्चार्ज एवम् वडा अध्यक्ष कटुवालले संघियताले गर्दा रघुगंगा गाउँपालिकालाई केन्द्रिय सरकारले चिन्ने अवसर मिलेको बताउनुभयो ।बेनीमा केन्द्रित रहेको सेवा संघियताले गाउँगाउँमा पु¥याएर सहजभएको कुरा जनताले बुझ्न् आग्रह गर्नुभयो ।माओवादीआन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमामहिला, दलित, आदीबासीजनजातीमहिलाले अवसर सुनिश्चितगरेको कुरा रघुगंगाबासीले बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपामाओवादी केन्द्रकागाउँपालिका कमिटी अध्यक्ष भण्डारीको अध्यक्षता, जिल्ला सदस्य घनश्याम परिवारको स्वागत र गाउँपालिका कमिटी सचिवभविन्द्र शेरपुञ्जाको संचालनमा रहेको कार्यक्रममा वडा कमिटीका अध्यक्ष, सचिवलगायतकाकार्यकताले वडाका गतिविधि र आगामी रणनीतिबारे नेतृत्वलाई जानकारी गराएकाथिए । कार्यालय उद्घाटनसंगै बसेको बैठकले आगामीनिर्वाचनलक्षितरणनीति तयार गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।