ताजा समाचार:
Search

परियोजना पुननिर्माण पछि लुलाङमा बत्ति बल्यो

विकल्प न्यूज/बेनी
फागुन १ गते ।

 
पाँचमहिना अघि बाढीले क्षति पु¥याएको धबलागिरि गाउँपालिका २ लुलाङको लघु जलविद्युत परियोजना पुननिर्माण पछि आइतबारबाट गाउँमा बत्ति बलेको छ । गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरी परियोजना पुननिर्माण तथा मर्मतसम्भार गरिएको हो ।

भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

परियोजना पुननिर्मााण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख गरी २२ लाख रुपियाँ प्राप्त भएको परियोजना पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताउनुभयो । उहाँका अनुसार गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो ।

परियोजनाबाट गाउँका तिनसय ५४ घरधुरीमा विद्युत सेवा पुगेको थियो । बत्ति बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो । विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल,फर्निचर उद्योग र मासुपसल सहज रुपमा सञ्चालनमा आएका छन् । मोवाइल चार्ज,टिभी हेर्न,बालबालिकालाई पढ्न सहज भएको उहाँले बताउनुभयो ।

२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एककरोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।