Breaking News
यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन
सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]
बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र […]
म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू
सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के सवासी […]
घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा
सन्तोष गौतम /विकल्प न्यूज असोज ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ । पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा रेष्टुरेन्टको […]
काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असोज ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ […]
तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा
सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ । कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको […]
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा तिर्थयात्री अलपत्र
विकल्प न्यूज/बेनी असोज ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ पुगेका तिर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । बुधवार राती देखि परेको वर्षाका कारण सडक खुलाउन थप समस्या भएको छ । डोजरको सहायताले काभ्रेको भिरमा सडक खुलाउने प्रयास गरिदैँ । […]
बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला
विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो । भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा […]
यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम
सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका […]
सफल कार्यान्वयनबाटै संविधान उत्कृष्ट
राधा चालिसे / काठमाडौँ, असोज ३ गते । नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ । संविधानले व्यवस्था गरेअनुरूप नै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी मङ्सिर १० र २१ गतेको मिति तय भएको छ […]
संविधान विश्वकै उत्कृष्ट
काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा […]
पर्वतमा हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा १३ जना घाइते, २ को अवस्था गम्भीर
विकल्प न्यूज/पर्वत असोज १ गते । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा दुई स्कूले बालिकासहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । आइतबार दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह हुँदा १३ […]
तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको […]
म्याग्दीका नवीन खत्रीको यसरी झिकियो शिक्षण अस्पतालबाटै मिर्गौला
काठमाण्डौं । भदौ ३१ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले छानबिन गरिरहेको छ । २० पुस २०७३ मा म्याग्दीको बेनी […]
यसरी भएको थियो म्याग्दीको नामाकरण
कर्णबहादुर बानियाँ / विकल्प न्यूज भदौ २६ गते । विषय प्रवेश म्याग्दी जिल्ला चार नम्बर प्रदेशमा पर्ने एक पहाडी भू–भाग हो । यो जिल्लाको पूर्वमा मनाङ, कास्की र पर्वत, पश्चिममा बाग्लुङ र रुकुम, उत्तरमा डोल्पा र मुस्ताङ तथा दक्षिणमा बाग्लुङ जिल्ला पर्दछन् । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य […]