पाउद्धारवासी जुटेपछि खोप्रा र खयरको मुहार फेरियो

विकल्प न्यूज/बेनी
पुस ५ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने खोप्रा र खयरबाराही क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा सक्रिय भएका छन् । स्थानीयहरु यहाँको भौतिक पूर्वाधार विकासमा जुट्न थालेका छन् । उनीहरुले चन्दा सहयोग संकलन गरेर एककरोड रुपियाँ भन्दा वढीको पूर्वाधार निर्माण गरेका हुन ।

पर्यटकीय र धार्मीक हिसावले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको खोप्रा र खयरको विकासमा पाउद्धार गाउँका बासिन्दाले करोडौ लगानीमा पूर्वाधार बनाएका छन् । पाउद्धार गाउँदेखि खोप्रा लेक हुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल निर्माण र सामुदायिक होटल सञ्चालन गरेका छन् । भौतिक पूर्वाधार निर्माणका कारण यहाँको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । Padamarga 3 Banayakoजंगल र भिरको बाटोमा दिवंगत आफन्तको स्मृतीमा पाउद्धारबासीले ढुङ्गे सिडी, चौतारा, बासस्थान लगायतका पूर्वाधार राज्यको सहयोग बिनानै निर्माण भएका हुन् । खोप्रादेखि धार्मिक एवम पर्यटकीय स्थल खयर लेकसम्मको दुरीमा एक करोड १५ लाख रुपियाँ बढी लगानीमा समुदायकै अगुवाईमा पर्यटन पूर्वाधार निर्माण भएको छ ।

प्रचुर पर्यटकीय सम्भाबना बोकेको खयर तालको अबलोकन र खयर बारीहीको पुजापाठको लागि जाने पर्यटक तथा भक्तजनहरुको सुविधाको लागि थानको पुर्ननिर्माण सहित व्यवस्थित पदमार्ग र विश्रामस्थल लगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । khayar baraha tal 2अन्नपूर्ण हिमालको पुर्वी मोहोडाको फेदीमा समुन्द्रि सतहदेखि चार हजार ६३० मिटरको उचाईमा अवस्थित खयरबाराहीमा जनैपूर्णिमाको अबसरमा पुजाआजा र भाकल गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास छ ।

चन्दा संकलन र श्रमदानबाटै खोप्रादेखि खयरबाराही थान सम्मको एक दिनको पैदल दुरीमा पर्ने बाटोमा अप्ठ्यारो ठाउँहरुमा व्यवस्थित पदमार्ग, थकान मेटाउन चौतारी, बास बस्ने घर लगायतका पूर्वाधार निर्माण गरिएको हो । खयरक्षेत्रमा पूर्वाधार निर्माणको लागि अभियान थालिएको ६ बर्षमा १ करोड १५ लाख बढी लगानीको पूर्वाधार तयार भईसकेको संयोजक पुनले बताउनुभयो ।

भौगोलिक रुपमा विकटता र उच्च हिमाली क्षेत्रमा भएकाले काम गर्ने कठिनाई संगै लगानी बढी लागेको समितिले जनाएको छ । खयरबाराही थानको पुननिर्माणमा ३५ लाख रुपियाँ लगानी भएको छ । यस क्षेत्रको दर्शन तथा भम्रणमा जाने भक्तजन र पर्यटकहरुलाई लक्षित गरि खोप्रामा २ वटा र खयरखोलामा ४ वटा वास बस्ने ठाउँ तथा खोप्रामा १ र खयरखोलामा १ वटा किचनघर (खाना पकाएर खाने ठाउँ) निर्माण गर्न २५ लाख रुपियाँ लगानी भएको छ । Ghorapani bata khopra jadai o Tourist (2)खयरबाराही जाने बाटोमा पर्ने खोप्रा लेक हिमशृङखला, सुर्योदय र पहाडी भुगोलको मनमोहक दृष्य अवलोकनका लागि पर्यटकीय गन्तब्य बनेको छ । समुन्द्रि सतहदेखि तिन हजार ६०० मिटरको उचाईमा रहेको खोप्राबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण लगायतका हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । भेडा र चौरीपालन पनि खोप्रा पुग्ने पर्यटकका लागि आकर्षण हो ।