बेनी नगरपालिका – फोहोर व्यवस्थापनमा किन भयो असफल !

सन्तोष गौतम/विकल्प न्यूज
पुस ३ गते ।

Main News Photoरातोपहिरो स्थित फोहोरको थुप्रोमा आगो लगाईएपछि निस्कीएको दुषित घुँवाको मुस्लो । तस्विर सन्तोष गौतम, नवविकल्प

बेनी बजारको फोहोर व्यवस्थापनका लागि “ल्याण्डफिल साइट” निर्माण गर्ने योजना एकादेशको कथा जस्तै बनेको छ । सरोकारवालाले प्राथमिकता दिएपनि ठोस काम नहुँदा ल्याण्डफिल साइट बनाउने दसकौदेखिको योजना अधुरो छ । “ल्याण्डफिल साइट” निर्माण गर्ने वर्षौदेखिको प्रयास सफल हुन नसकेको हो । जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा कालीगण्डकी नदीमा फोहोर फाल्ने कार्यले निरन्तरता पाइरहेको छ ।

करिब एक हजार घरधुरीको बसोबास रहेको बेनी बजारको फोहोर बेनी गलेश्वर सडकको रातो पहिरो स्थित कालीगण्डकी नदी किनारमा फालीदै आएको छ । फोहोरका कारण हिन्दु धर्मावलम्बीहरुले पवित्र मान्ने कालीगण्डकी नदी प्रदुषित बन्नुका साथै वरपरका बस्तीका बासिन्दा र आवत जावत गर्ने यात्रुहरु दुर्गन्धका कारण प्रभावीत भएका जलेश्वरका ईन्द्र बरुवालले बताउनुभयो ।

बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वरका बासिन्दाहरु नगरपालिकाले फालेको फोहोरको दुर्गन्धका कारण प्रभावीत भएका छन् । गत शनिबार साँझ फोहोरको थुप्रोमा आगो लगाईएपछि वरपरका क्षेत्र पाँच दिनसम्म पुरै दुषित धुवाँले छोपीयो । फोहोर फालीएको ठाउँमा आगो लगाइएपछि फैलीएको दुषित धुँवा र दुर्गन्धका कारण वरपरका बासिन्दालाई सकस भएको बगरफाँटका हिरा बरुवालले बताउनुभयो ।

“फोहोरमा आगो लगाइएपछि निस्कीएको धुँवाले सास फेर्न गाहे भयो, नाक पिरो भयो, आँखा पोल्यो, बालबच्चा बोकेर मल्लाज र बेनी जानुपर्ने अवस्था आयो” बरुवालले भन्नुभयो “गर्मी याममा फोहोरको दुर्गन्धले बसीसाध्य हुदैन् ।” बेनी बजारका एक ब्यापारीले आफूले नष्ट गर्नुपर्ने सामान लगेर फोहोर फाल्ने ठाउँमा लगेर जलाउने क्रममा दुषित घुँवा निस्कने गरी आगो फैलीएको हो ।

उक्त आगो निभाउन नगरपालिकाले दमकलबाट पानी हालेपनि सफल भएको थिएन् । सबै फोहोर जलेर सकिएपछि आगो निभेको थियो । यस्तो समस्या बेलाबेलामा निस्कने गर्छ । अनी बेनीको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साईट बनाउने योजनाको चर्चा हुने गर्छ तर ठोस काम हुन सक्दैन् ।

करिब एक हजार घरधुरी र पन्ध्रहजार जनसंख्याको बसोबास रहेको बेनीमा दैनिक तिन ट्याक्टरका दरले संकलन हुने फोहोर वि.स २०६० देखि रातो पहिरोमा लगेर बिर्सजन गरिदै आएको हो । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले तिन जना कर्मचारी परिचालन गरेको छ । सो वापत प्रतिघर मासिक पचास देखि दुई सय रुपैयाँ बजारबासीबाट शूल्क उठाउँछ ।
“सहि तरीकाले फोहोर व्यवस्थापन नगर्दा बजारबासी प्रदुषणको चपेटामा परेका छन्” क्याम्पसचोकमा बस्दै आउनुभएका चित्र तिलीजा पुनले भन्नुभयो “फोहोर व्यवस्थापनका लागि ठोस काम गर्न ढिलाई गर्नु हुदैन् ।” फोहोरको घुँवा अन्य भन्दा दुषित र स्वास्थ्यका लागि हानीकारक हुन्छ । टक्सीनयुक्त घुँवाका कारण विभिन्न किसीमका रोगको संक्रमण हुने खतरा हुने तिलीजाले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ल्याण्डफिल साईट निर्माणका लागि ठाउँको खोजी गरेपनि सफल हुन नसक्दा सो स्थानमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “एक दशकदेखि सुरु गरीएको ल्याण्डफिल साइटका लागि जग्गा खोजी गर्ने कार्यलाई हामी निर्वाचित भएर आएपछी पनि प्राथमिकता साथ अघि बढायौ तर सफल हुन सकेका छैनौ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

ल्याण्डफिडसाईट निर्माणका लागि गत वर्ष नगरपालिकाले बिनियोजन गरेको साठी लाख रुपैयाँ ठाउँ अभावमा योजना कार्यान्वयन हुन नसकेपछि फिर्ता भएको थियो । बेनपा १ मा पर्ने ठूलोरानी वन क्षेत्रमा ल्याण्डफिल साइट बनाउन प्रस्ताव गरिएपनि स्थानीय बासिन्दाले बिरोध गरेपछि कार्यान्वयन हुन सकेन् ।

बजारबासीलाई कुहीने र नकुहिने फोहोर छुट्टा छुट्टै राख्न आग्रह गरी पालो लगाएर फरक फरक दिन संकलन गर्ने योजना बनाएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । जग्गा खोजीलाई निरन्तरता दिदै अहिले फोहोरलाई संकलन गर्दा देखिनै व्यवस्थि तगर्ने योजना कार्यान्वयनका लागि वडा कार्यालय, टोल सुधार समिति र विभिन्न संघ संस्था संग छलफल अघि बढाएको श्रेष्ठले बताउनुभयो ।

कुहीने फोहोर व्यवस्थापनका लागि कम्तीमा दुई रोपनी क्षेत्रफलको ठाउँ खोजी भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले फोहोर फालीदै आएको ठाउँमा टहरा निर्माण गरी नकुहिने फोहोर संकलन गरी कवाडीमा बेच्ने नगरपालिकाको योजना छ ।

टहरा बनाउन प्राबिधिक सर्वेक्षण भैसकेको छ । कुहीने फोहोरलाई पनि मलको रुपमा बिक्री गर्ने योजना बनाइएको छ । तत्कालीन पुनरावेदन अदालत बागलुङले नदी किनारमा फोहोर नफाल्न दुई वर्षअघि जारी गरेको निषेधाज्ञा अझै कार्यान्वयन भएको छैन् ।