पर्यटन प्रर्वद्धन गर्न २०७५ लाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने

सन्तोष गौतम/ विकल्प न्यूज
म्याग्दी ५ पुष ।Ghorapani bata khopra jadai o Tourist (2)म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने निर्णय भएको हो । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।
म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रर्वद्धन र आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य रहेको छ । म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् ।

PHOTO KHOPRA 0तिनको मार्केटीङ गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण बर्ष मनाउन लागिएको संघका दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । म्याग्दी हुदै मुस्ताङ भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुमाउने लक्ष्य रहेको छ । photo news 4धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छी लगायत पर्यटकीय स्थल रहेका छन् ।

punhil-4यसैबीच आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवमा विभिन्न जातजातीको मौलीक भेषभुषा र झाँकीको प्रर्दशनका साथै प्रतिस्पर्धा गरिने भएको छ । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

gorepani photo 6प्रथम, दितृय र तितृयलाई क्रमश १२ हजार, ८ हजार र पाँच हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिने भएको छ । यसअघि प्रथम पुरस्कार छ हजार राखिएको थियो । उद्घाटनका अवसरमा झाँकी सहित सहभागी हुने समूहलाई चार हजार र ¥यालीमा सहभागी हुने समूहलाई दुई हजार रुपैयाका दरले उपलब्ध गराउने निर्णय भएको छ ।

Rupsey 5महोत्सवमा बजार साजसज्जाका लागि संघले अनुदान उपलब्ध गराउने भएको छ । प्रत्येक टोल सुधार समितिलाई पाँच हजार रुपैयाका दरले सहयोग उपलब्ध गराइने संघका महासचिव गौतमले बताउनुभयो । बेनी बजारमा २१ वटा टोल सुधार समिति रहेका छन् ।

gorepani photo 3महोत्सवको तयारी र प्रचारप्रसार तिब्र बनाइएको छ । प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका सचिव सुवर्ण रिजालको टोलीले मंगलबार छिमेकी जिल्ला पर्वत र बागलुङका विभिन्न ठाउँमा पुगेर महोत्सवको प्रचार गरेको छ । सडक आसपासका ठाउँमा पम्पलेट राखीएको छ ।