Breaking News

काठमाण्डौं वस्ने म्याग्देलीहरुद्धारा करिब साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १९ गते ।  काठमाण्डौं वस्ने म्याग्देलीहरुद्धारा करिब साढे तिनलाख रुपैयाँ बरावरका स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन तिन लाख पचास हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो । काठमाडौमा वस्नुहुने डा. ज्योती शेरचनको पहलमा प्रताप पुर्जा पुन, उमबहादुर पाइजा, राजु […]

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]

गण्डकी प्रदेश सरकारले सबै जिल्लाका अस्पतालमा आइसियु निर्माण गर्ने

पोखरा, बैशाख १७ गते । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ११ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) निर्माण गर्ने भएको छ । प्राय जिल्ला अस्पतालहरुमा आइसियु नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएको भन्दै गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरेको हो । गण्डकी […]

कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज बैशाख १७ गते ।  सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा […]

लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको […]

लकडाउन २५ बैशाख सम्म

विकल्प न्युज / बेनी बैशाख १४ गते । लकडाउन बैशाख २५ गते सम्म थप्ने सरकारले निर्णय गरेकाे छ । अाईतबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले साे निर्णय गरेकाे हाे । काेराेना भाईरस नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन गर्दै अाएकाे ।

लकडाउन एक साता लम्ब्याउन सिफारिस

३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने […]

ईश्वर पोखरेल भन्छन्– अहिलेसम्म लकडाउन खुकुलो बनाउने नीति छैन

१३ वैशाख, काठमाडौं । एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने […]

१४ वर्षे बालकमा कोरोना देखियो

विकल्प न्यूज/बेनी बैशाख ११ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र, ¥यापिड डायग्नोस्टिक टेष्ट ९आरडीटी० विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि […]

थप दुई जनामा देखियो कोरोना,संक्रमितको संख्या ४७ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। उदयपुरकी संक्रमित त्रियुगा […]

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

९ वैशाख, काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले […]

अलपत्र मजदुरलाई युवाहरुले उद्दार गरे पनि गन्तव्यमा पु¥याउन कठिन (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख ७ गते । मुस्ताङबाट दुई दिन हिडेर बेनी आएका मजदुरहरुलाई जलजला गाउँपालिका पर्वत बेनीका युवाहरुले उद्दार गरेर कास्कीको नयाँ पुल पु¥याएका छन् । नयाँ पुल पु¥याएपनि त्यहाँ रहेको सुरक्षा चेकपोष्टले आदेश नभएको भन्दै उनीहरुलाई त्यही रोकेको हो । https://www.youtube.com/watch?v=RWtOhE4cKhM   मुस्ताङको विभिन्न विकास योजनाहरुमा काम गर्न आएका नेपालगञ्जका १० जना मजदुरहरु आइतबार हिडेर […]

कोरोना संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको नेदरल्याण्डमा निधन

विकल्प न्यूज/बेनी बैशाख ७ गते ।  कोरोनाको संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको मृत्यु भएको छ । उनी यूरोपेली मुलुक नेदरल्याण्डमा बस्दै आएकी थिइन् । म्याग्दीको मंगला गाउँपालिकाकी ४० वर्षीय भट्टचन श्रीमान र २ बच्चासहित विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ । भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । […]

बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)

विकल्प न्यूज/बनी बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको  नगर कार्यपालिकाको  ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार […]