मंगलबार थपिए ८५५ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
भदौं ९ गते । मंगलबार थप ८ सय ५५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति प्रेस व्रिफिङका क्रममा सो जानकारी दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।