पोखरा,९ भदौ ।
पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । । लेखनाथस्थित एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष सञ्चारकर्मी कोरोना संक्रमित भएका हुन् ।
राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमित पत्रकारलाई अहिले आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्की शाखाले सम्पूर्ण पत्रकाहरहरुलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोना संक्रमणका जोखिम बढ्दो भएकाले फिल्ड रिपोर्टिङमा जान कम गर्नु समेत आह्वान गरेका छन् ।
“लेखनाथमा अवस्थित एक एफएममा कार्यरत पत्रकार मित्रलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उहाँलाई आइसोलेशनमा लैजाने व्यवस्थापनमा महासंघ कास्कीले सहयाेग गरेकाे छ ।
कुनै समस्या भए वा रिपोर्टिङको क्रममा जाँदा (ट्राभल हिस्ट्रि) को कुनै आशंका रहे पि.सि.आर.टेस्ट व्यवस्थापनका लागि खबर गर्न समेत आग्रह गर्दछौँ ।” श्रेष्ठले भनेका छन् ।