ताजा समाचार:
Search

म्याग्दी सरुवा भएर आएका प्रहरीमा देखियो कोरोना

विकल्प न्यूज/बेनी
भदौं ८ गते ।

हालै मात्र म्याग्दी सरुवा भएर आएका एकजना प्रहरीमा कोरोना पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा एकजना प्रहरीमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
संक्रमितलाई आइसोलेशनमा लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित प्रहरी जिल्ला प्रहरी कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

उक्त प्रहरी तालिम सकेर केही महिना अगाडि पोखरामा पोष्टीङ भएका थिए । उनीपोखराबाट भदौं १ गते म्याग्दी सरुवा भएका हुन । म्याग्दी आएलगत्तै उनलाई प्रहरीको क्वारेन्टाइनमा राखिएको थियो । भदौ ४ गते उनको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो । म्याग्दी आएर संक्रमित भएको होइन उहाँले भन्नुभयो ‘पोखरा तिर संक्रमित हुनसक्छ ।’ उनलाई प्रहरीले डियुटीमा खटाएको थिएन उहाँले भन्नुभयो ।

कोरोना फैलिएको क्षेत्र पोखराबाट आएकाले उहाँलाई कार्यक्षेत्रको जिम्मेवारी नदिइएको प्रहरी निरिक्षक ध्रुव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित सँगै ७ जना प्रहरी सरुवा भएर आएका थिए । सरुवा भएर आएका सवैलाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

समुदाय स्तरमा संक्रमित व्यक्ति सम्पर्कमा पुगेका छैनन् । तर सर्तक र सावधानी भने अपनाउनुपर्ने देखिन्छ लम्सालले भन्नुभयो ।