बेनी नगरपालिका

गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर २९ माघ । बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालिका १० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, […]

पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज पुलाचौर २८ माघ । बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो । […]

महारानी थानलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका ७ कुरीलाखर्कमा रहेको महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड दिइएको छ । शुक्रवार महारानी थान क्षेत्र विकास समितिको तेस्रो अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ऐतिहाँसिक धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा […]

भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको […]

सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/बेनी माघ २१ गते बेनी नगरपालीका ४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समितिको आईतबार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा व्यवस्थापन समिति पुर्नगठन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का, सदस्यमा सुरत बानिया, टेकबहादुर फगामी रहनुभएको छ । बेनपाका मेयर हरिकुमार श्रेष्ठ संरक्षण, स्वास्थ्य चौकी […]

महारानीथान–डाँडाखेत–ठूलोखोला सडक निर्माण

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकाम बेनी संग जोड्ने बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डमा बैकल्पीक सडक निर्माण भएको छ । बेनी नगरपालिका ७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुङ्गा, र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि ट्याक खोल्न […]

बेनीको मंगलाघाटमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ माघ । बेनी नगरपालिका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका र मंगलाघाटको […]

बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय

विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]

कृषि क्षेत्रको विकासका लागि बजेटको कमि हुँदैन ः प्रमुख श्रेष्ठ

विकल्प न्यूज/बेनी माघ १४ गते । व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि आगमी दिनमा बजेटको कुनै कमि नहुँने बताउनुभएको हो । प्रमुख श्रेष्ठले साधनस्रोतले पुगे सम्म किसानहरुलाई प्रोत्साहन मिल्ने नीति कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले कुनै कन्झुसाई नगर्ने उहाँको […]

बेनीमा विश्व कुष्ठरोग दिवस मनाइयो

विकल्प न्यूज/बेनी माघ १४ गते । ६५ औ विश्व कुष्ठरोग दिवस बेनीमा आईतबार पत्रकार र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन […]

बेनपाको योजनामा उपभोक्ताको बेवास्ता

विकल्प न्यूज/बेनी माघ ११ गते ।बेनी नगरपालिकाले यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरु योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेपछि हालै बसेको नगर कार्यपालीका बैठकले पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका योजनाको सम्झौता गर्ने […]

नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिँदै

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो । नगर क्षेत्रभित्रका […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ ।  दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा निर्माण […]

खबरामा निर्माण भएको लिफ्ट सिँचाई आयोजना उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज खबरा २३ पुष । बेनी नगरपालिका २ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाको आईतबार उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले हाँडेभिरको म्याग्दी नदि किनारबाट विद्युतीय पम्पको प्रयोग गरेर खबरामा सिचाईका लागि पानी आपुर्ती गराउन निर्माण गरेको आयोजनाको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्नुहुदै सांसद थापाले […]