म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ चैत ।IMG_8195बेनीमा बिहीबार उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथ उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनी बजारमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले उपभोक्ता अधिकार स्थापीत गराउनका लागि उपभोक्तामा जागरण, नियमनकारी निकायको प्रभावकारी अनुगमन र व्यवसायी उत्तरदायी बन्नुपर्नेमा जोड दिएका थिए । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उपभोक्ताहरु सचेत र जागरुक बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनपाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा र नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको अध्यक्षता र उपभोक्ता हकहित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।