प्रस्तावित सामुदायिक अस्पताललाई करीब २ करोड सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ चैत ।  Patleheet news (4)बेनीनगरपालिका १० पात्लेखतमा स्थानीयस्तरबाट सञ्चालन हुन लागेको १५ शैयाको सामुदायिक अस्पतालका लागि पाँच रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् ।

प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि राधाकृष्ण शर्माले उक्त जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । अस्पतालका लागि शर्माको व्यक्तिगत एक करोड रुपैयाँ र स्थानीयको ३० लाख रुपैयाँ गरि सुविधासम्पन्न भवन पनि बनाईएको छ ।

अस्पतालका लागि सरकारले अनुमति नदिँदा दुई बर्ष अघि निर्माण गरिएको उक्त भवनमा पात्लेखेत स्वास्थ्यचौकीलाई राखिएको छ । अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने बचन समेत दिएका छन् । Patleheet news (3)आइतबार प्रदेश सांसद विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनी अस्पताल विकास समितिका अध्यक्ष माधबप्रसाद रेग्मी र डा. रोशन न्यौपानेको उपस्थितिमा शर्माका सुपुत्र रमेश शर्माले तत्काल पाँच रोपनी र अस्पतालको अनुमति पाएपछि थप पाँच रोपनी जग्गा उपलब्ध गराउने बताउनुभयो ।

शर्माले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठुलो आर्थिक सहयोग गर्नुभएको छ । शर्मा परिवारले जग्गा र भवनमा करीब एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको प्रस्तावित अस्पताल निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिनुभयो ।

वाड नं १० का कार्यबाहक वडाअध्यक्ष लोक बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद केसीले अस्पतालको अनुमतिबारे पहल गर्ने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठ, बेनी अस्पताल विकास समितिका अध्यक्ष माधबप्रसाद रेग्मी र डा. रोशन न्यौपाने, रघुनाथ भद्रकाली स्मृति कोषका अध्यक्ष चिरञ्जीवि शर्मा, उपाध्यक्ष शिब बहादुर शाही लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।