पात्लेखेतमा पशु स्वास्थ्य शिवीर

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ चैत ।  Pasu Sibir (1)बेनी नगरपालिका १० पात्लेखेतमा सम्पन्न निशूल्क पशु सेवा शिवीरबाट डेढ सय घरधुरी भन्दा बढी कृषकहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न शिवीरमा १७० घरधुरी कृषकको दुइृ हजार ६५६ पशुपक्षिको औषधि उपचार गरिएको जनाइएको छ । एक हजार ४१५ पंक्षि, ८९१ बाख्रा र ३५० वटा गाईभैसीका लागि निशूल्क औषधी वितरण गरिएको बेनपाको पशु सेवा शाखाका पशु सेवा प्राबिधिक सुभाष रेग्मीले जानकारी दिनुभयो ।

कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुनको अध्यक्षता, घतान पशु सेवा केन्द्रका प्राबिधीक नारायण दलार्ममीको सञ्चालनमा सम्पन्न कार्यत्रममा नगरपालीकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्यले ग्रामिण क्षेत्रका कृषकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य मैना कार्की र ब्यवसायीक बाख्रापालन समितिका सदस्य डेगबहादुर पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।