भकिम्लीमा सडक स्तरउन्नती गर्न श्रमदान

विकल्प न्यूज/बेनी
चैत ३ गते । Bhikimly Saramdanबेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाले श्रमदान गरेर सडक स्तरउन्नती गरेका छन् । दूधेखोला–भकीम्ली सडक स्तरवद्धिका लागि बेनी नगरपालीकाले सञ्चालन गरेको आयोजना अन्तरगत उपभोक्ताले ग्याबियन जाली लगाउने, निर्माण सामाग्री ढुवानी र सडक ढलान गर्ने कामका लागि श्रमदान गरेका हुन् ।

घुम्ती सुधार गर्ने, फराकीलो बनाउने, ग्रेड मिलाउने जस्ता काममा डोजर प्रयोग गरेपनि ग्यावीयन पर्खाल लगाउने, ढलान गर्ने काममा स्थानीय मजदुर तथा जनश्रमदान परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष भानुभक्त थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकाले २४ लाख १२ हजार ५०० रुपैयाँ बजेट बिनियोजन गरेको योजना सम्पन्न गर्न उपभोक्ताले चार लाख २८ हजार ७३८ रुपैयाँ बराबरको श्रमदान गर्नुपर्ने भएको छ ।

हल्लेगौडा, चिनाखेत, डाँडाखानी, पानीस्वाँरा, कोप्रे, ज्यामीरेका बासिन्दाले प्रतिघरधुरी एक दिनका दरले श्रमदान गरेका छन् । सडक स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताउनुभयो ।

हल्लेगौडाको भिरमा ८४ मिटर सडक ढलान गर्ने काम आधा भन्दा बढी सकिएको छ भने ५४ थान ग्याबियन जाली लगाईसकिएको छ । दैनिक ९० जनाको दरमा विगत तिन दिनदेखि स्थानीयबासीले सडक ढलानका लागि श्रमदान गरिरहेका छन् ।

सडकको अवस्था सुधार भएर यात्रा गर्न सहज होला भन्ने अपेक्षाका साथ श्रमदान गरेको स्थानीयबासी चमेली थापाले बताउनुभयो । श्रमदान गर्ने स्थानीयबासीलाई पिपलडाँडाँ आमा समूह, ज्यामीरे आमा समूह र सोचेन्द्र रोकाले एकएक दिनको खाजाको व्यवस्था गर्नुभएको छ ।

जनप्रतिनिधिहरुको समन्वय, नियमित अनुगमन, उपभोक्ता समितिको सक्रियता र समुदायको जनसहभागीता भएकाले वि.स गत पुष १ गते सम्झौता भएको योजना निर्धारीत समयमै सम्पन्न हुन लागेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

कठिन भुवनोट र जनसहभागीता जुटाउन नसक्ने भन्दै नगरपालिकाले उक्त योजना ठेक्का मार्फत कार्यान्वयन गर्न खोजेका थिए । निर्माण सामाग्री र हेभी ईक्युभमेन्ट बाहेक अन्य काम स्थानीय श्रमबाटै गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

आयोजना मार्फत रोजगारी सिर्जना भएको छ । मजदुरको रुपमा काम गरेर स्थानीयले पाँच लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका वडा अध्यक्ष पुनले बताउनुभयो । वि.स २०६६ मा दूधेखोलादेखि हल्लेगौडा, पानीस्वाँरा डाँडाखानी हँुदै डोले पु¥याइएको दूधेखोला भकिम्ली सडक १३ किलोमिटर दुरीको छ ।

तत्कालीन जिविसको पाँच चाख, भकिम्ली गाविसको दश लाख र उपभोक्ताको नौ लाख रुपैयाँ लगानीमा ट्याक खोलीएको सडक बजेट अभावका कारण मर्मत हुन सकेको थिएन् । स्तरवृद्धिसंगै सडकमा नियमित यातायातका साधन सञ्चालन गरेर सेवा दिन पहल गरिएको वडा सदस्य गेमबहादुर घर्तीले बताउनुभयो ।