सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ चैत । बेनी नगरकार्यपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईली नगर कार्यपालिकाको प्रवक्तामा चयन हुनुभएको छ । नगर कार्यपालिकाको हालै बसेको बसेको बैठकले बराईलीलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको हो । प्रवक्ता नहुँदा कार्यपालिकाको सूचना प्राप्त गर्न र समाचार संकलनमा समस्या भएको सञ्चारकर्मीहरुले गुनासो गर्दै आएका थिए ।
प्रवत्ता बराईलीले जिल्लाका सञ्चारकर्मी र पत्रकारहरुसंग समन्वय गरेर कार्यपालिकाको सूचना प्रवाहलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले गत २८ गते स्थगित भएको दोस्रो नगरसभा चैत २३ गते बोलाइएएको समेत जानकारी दिनुभयो ।