ताजा समाचार:
Search

बेनी अस्पताललाई मगर संघ ईजरायलको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ चैत ।  Aaspatal lai Helpबेनी अस्पताललाई मगर संघ ईजरायलले आईतबार आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा अस्पतालमा आवश्यक उपकरण र सामाग्री खरिदका लागि एक लाख रुपैया उपलब्ध गराइएको हो ।

मगर संघ ईजरायलकी अध्यक्ष बिष्णु पुनले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीलाई चेक हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई सहज होस भन्ने उद्देश्यले ईजरायलमा रहेका म्याग्दी तथा नेपालीहरुबाट सहयोग जुटाएर उपलब्ध गराएको अध्यक्ष पुनले बताउनुभयो ।

पुनले आफ्नो जन्मगाउँ मालीका गाउँपालीका २ रुममा रहेको स्वास्थ्य चौकीको सेवा सुधारका लागि केही दिनअघि व्यक्तिगत रुपमा एक लाख ५१ ह्जार रुपैया उपलब्ध गराउनुभएको थियो । उहाँले सो अवसरमा मगर संघ म्याग्दीलाई पाँच हजार रुपैया उपलब्ध गराउनुभयो । पुनलाई मगरसंघका पदाधीकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता, उपाध्यक्ष डगमाया पाईजाको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले संघका पदाधीकारीहरुसंग समन्वय गरेर अस्पतालमा आवश्यक सामाग्री खरिद गर्ने बताउनुभयो ।