बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी
चैत २ गते । accdentम्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरमा गयराती भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शक्त घाईते भएका चालक रक बहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मालिका गाउँपालिका– ४ घर भएका करिब २८ बर्षका सुनारको शब परिक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिबप्रसाद पाठकले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।