बेनी नगरपालिका

प्रस्तावित सामुदायिक अस्पताललाई करीब २ करोड सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ चैत ।  बेनीनगरपालिका १० पात्लेखतमा स्थानीयस्तरबाट सञ्चालन हुन लागेको १५ शैयाको सामुदायिक अस्पतालका लागि पाँच रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि राधाकृष्ण शर्माले उक्त जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । अस्पतालका लागि शर्माको व्यक्तिगत एक करोड रुपैयाँ र स्थानीयको ३० लाख […]

कुरीलाखर्क, अग्नीखेतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत ।  बेनी नगरपालिका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको महारानी, कुरीलाखर्क, […]

कतारबाट फर्किएका नारायणले गाउँमा खोले बाख्रा फार्म

विकल्प न्यूज/बेनी चैत ८ गते । बेनी नगरपालिका ९ आलवाङकामा विदेशबाट फर्कीएका युवाले बाख्रा फार्म सञ्चालन गरेका छन् । एक दशक भन्दा लामो समय विदेशमा काम गरेर फर्कीएका ३६ वर्षिय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गर्नुभएको हो । फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् । फार्म स्थापनाका लागि खोर […]

बेनपा २ को वडा कार्यालयमा चोरी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ चैत  बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष हिराबहादुर थापाले […]

सञ्चार माध्यमको सवलीकरणमा नगरपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत । मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि आईतबार बेनी नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई माग पत्र बुझाउँदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । म्याग्दीमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय […]

बेनी अस्पताललाई मगर संघ ईजरायलको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत ।  बेनी अस्पताललाई मगर संघ ईजरायलले आईतबार आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा अस्पतालमा आवश्यक उपकरण र सामाग्री खरिदका लागि एक लाख रुपैया उपलब्ध गराइएको हो । मगर संघ ईजरायलकी अध्यक्ष बिष्णु पुनले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीलाई चेक हस्तान्तरण गर्नुभएको […]

भकिम्लीमा सडक स्तरउन्नती गर्न श्रमदान

विकल्प न्यूज/बेनी चैत ३ गते । बेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाले श्रमदान गरेर सडक स्तरउन्नती गरेका छन् । दूधेखोला–भकीम्ली सडक स्तरवद्धिका लागि बेनी नगरपालीकाले सञ्चालन गरेको आयोजना अन्तरगत उपभोक्ताले ग्याबियन जाली लगाउने, निर्माण सामाग्री ढुवानी र सडक ढलान गर्ने कामका लागि श्रमदान गरेका हुन् । घुम्ती सुधार गर्ने, फराकीलो बनाउने, ग्रेड मिलाउने जस्ता काममा डोजर […]

बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरमा गयराती भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शक्त घाईते भएका चालक रक बहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ चैत ।बेनीमा बिहीबार उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथ उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनी बजारमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले उपभोक्ता अधिकार स्थापीत गराउनका लागि उपभोक्तामा जागरण, नियमनकारी निकायको प्रभावकारी अनुगमन र व्यवसायी उत्तरदायी बन्नुपर्नेमा […]

कोरिया छाडेर गाउँमै कृषि फार्म

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा एक युवाले चौबिस लाख रुपैयाँ लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । ३६ वर्षिय भवीन्द्र पाईजाले आर्सीवाद कृषी फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन र च्याउ खेती सुरु गर्नुभएको हो । फार्म सञ्चालनका लागि बाख्रा खरिद र पूर्वाधार निर्माण गर्न […]

प्रगति निराशाजनक ः नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको सर्वेक्षण, २१४ […]

नगरसभामा जनप्रतिनिधि र कर्मचारीको जुहारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालिकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालिकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक प्रस्तुत […]

खबरालाई केराको पकट क्षेत्र बनाउने तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ फागुन । बेनी नगरपालीका २ खबरा र बगरफाँटलाई केरा खेतीको पकेट क्षेत्र बनाउने तयारी भएको छ । बेनी नगरपालीकाले खबरालाई केराको पकेट क्षेत्र बनाउन कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाको संयोजनमा कृषकहरुलाई ब्यवसायीक केरा खेती सम्बन्धि तालीम, प्राबिधिक सहयोग र अनुदानमा केराको बिरुवा वितरण गर्ने कार्यक्रम […]

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]

बलबालिकाकाको क्षमता अभिवृद्धिका लागि सातलाख

रञ्जना श्रेष्ठ/ बेनि फागुन २० गते । बेनी नगरपालिकाले बालिबालिकाको क्षेत्रमा सात लाख रुपैयाँ बजेट परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ बालबालिको शिक्षा ,स्वास्थ्य , पोषण, क्षमता अभिवृद्धि तथा चौतर्फी विकासमा सहयोग पुगोस् भन्नको लागि उक्त बजेट विनीयोजन गरेको हो । नगरपालिकाका योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बालविकास केन्द्रको सुधारको लागि स्वर्गाश्रम […]