ताजा समाचार:
Search

हाट बजारलाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

विकल्प न्युज / बेनि

बैशाख २४ गते । nnnnबेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ ।

लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।

समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा गएको टोलीले हाट बजारका संरचना अलपत्र पर्ने तर, नगरपालिका अगाडी यातायात व्यवसायीका काउन्टर रहँदा अशोभनीय भएकोले उक्त काउन्टरहरु स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिले बेनीबजारका दिनानुदिन बढ्दै गएको सवारी साधनको सहि व्यवस्थापन गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराएको छ । साघुरो सडकमा लामो समयसम्म सवारी जाम हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै टोल सुधार समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बेनीबजारको बाहिरी चक्रपथ निर्माण योजनालाई अघि बढाउन आग्रह गरे । ‘यसले यहाँको ट्राफिक व्यवस्थापनमा केहि हदसम्म सहज हुन्छ’, उनले भने ।

टोल सुधार समितिका पदाधिकारीका ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले यातायात व्यवसायीको काउन्टरका विषयमा तत्कालै निर्णय हुने बताए । ‘काउन्टरहरुलाई एक किसिमले व्यवस्थापन गर्ने योजनामा छौँ ।

बाहिरी चक्रपथलाई पनि अघि बढाउनुको विकल्प देखिदैन’, उनले भने ।