मन्त्री अधिकारीद्धारा बेनीमा पर्यटन सूचना केन्द्रको उद्घाटन

विकल्प न्यूज/बेनी
बैशाख ३० गते । DSC_1173नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले बेनीको कालिपुलमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नुभएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ गर्न बेनी आउनुभएका मन्त्री अधिकारीले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्रको उद्घाटन गर्नुभएको हो

सूचना केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले केन्द्रलाई व्यवस्थीत तरिकाले सञ्चालन गर्नका लागि अनुरोध गर्नुभयो । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्रको स्थापना गरेको हो । DSC_1178बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा स्थापीत सूचना केन्द्रमा समग्र म्याग्दीलाई हेर्न र बुझ्न सकिने पर्यटन सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

डिजिटल सूचना केन्द्रको अवधारणालाई मध्यनजर गरी स्थापना गरिएको सूचना केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, छ दशक अगाडि खिचिएका म्याग्दीका तस्वीर, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकसहित जिल्लावासीको पहिचान झल्कने तस्वीरसहित स्मार्ट टिभी, निःशुल्क इन्टरनेटसहित विभिन्न सूचना राखिएको छ । DSC_1184सूचना केन्द्रले पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने तथा पर्यटन व्यवसायीले समेत प्रचारप्रसारमा सहज हुने म्याग्दी भ्रमण वर्षका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । अध्यक्ष कर्माचार्यका अनुसार आन्तरिक पर्यटकसँगै विदेशीलाई म्याग्दी जिल्लाका पर्यटकीय स्थलको अवलोकन सहज बनाउने सूचनालाई प्राथमिकता दिइने छ । DSC_1181सूचना केन्द्रले पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकको सूचना राख्ने र आवश्यकताअनुसार उद्धारमा समेत तत्काल सूचना प्रवाह गर्न सजिलो हुने अपेक्षा गरिएको छ । सूचना केन्द्रमा कर्मचारीको समेत व्यवस्था गरिने छ । भित्तामा राखिएका तस्वीर, एलडीबाट देखाइएका भिडियो बाहेक पनि आवश्यकता अनुसार गुगल नक्साबाट समेत पर्यटकलाई रुटको पहिचान गर्न सहजीकरण गरिने छ । सूचना केन्द्रका लागि नेपाल पर्यटन बोर्डबाट दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको संघका प्रथम उपाध्यक्ष तथा भ्रमण वर्षको प्रचारप्रसार समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईका अध्यक्ष प्रकाश कार्कीले संस्थाको तर्फबाट सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि तिस हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।