विकल्प न्यूज/बेनी
बैशाख १८ गते ।
सदरमुकाम बेनी देखि पात्लेखेत जोड्ने सडक स्तारोन्नतीको काम सुरु भएको छ । बेनी नगरपालिकाले सदरमुकाम देखि १० नम्बर वडा पात्लेखेत जोड्ने सडक कालोपत्रेका लागि आयोजना सञ्चालन गरेको हो । बेनीको महारानीथानदेखि कालोपत्रे, घतान र पात्लेखेतको सिमाना अलवाङ देखि पात्लेखेतको ओखले हँुदै रघुगंगा गाउँपालिका ५ झिँको सिमाना सम्म सडक स्तरोन्नतीको काम सुरु भएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । बेनी पात्लेखेत सडकलाई नगरपालिकाले चालु आर्थिक वर्षमा सबै भन्दा बढी एक रकोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । ९६ लाख ५० हजार रुपैयाँ ईस्टीमेट गरिएको आयोजनाको काम गर्न मालिका भगवती कन्ट्रसनले ३१ प्रतिशत घटेर ५६ लाख ५० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
पहिलो चरणमा अलवाङ देखि ओखले हुँदै झिँको सिमाना घट्टेखोलासम्म साढे दुई किलोमिटर सडक फराकीलो बनाउने काम सकिएको छ । पहिले साढे तिन मिटर चाक्लो रहेको सडकलाई अहिले कम्तीमा साढे छ मिटर फराकीलो बनाइएको छ । ग्रेड र घुम्ती सुधार गरिएको छ ।
कच्चि नाली, ग्यावियन पर्खाल, सोलीङ, कजवेको काम समेत गरिने भएको छ । बेनीको महारानीथानदेखि अर्थुङ्गे तर्फ सडक कालोपत्रे र ढलानको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताउनुभयो । २०० मिटर कालोपत्रे र ११४ मिटर आरसीसी ढलान गरिने उहाँले बताउनुभयो । यो सडक स्तरोन्नती र कालोपत्रे भएपछि बेनी नगरपालिकाको अर्थुङ्गे, घतान, पात्लेखेत, रघुगंगाको झिँ, पाखापानी र कुईनेमंगलेका बासिन्दा लाभान्वित हुने जनाएको छ ।