सूचना तथा सञ्चार प्रबिधि दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ बैशाख । IMG_1172बेनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७५ मनाइएको छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।

दिवसको अवसरमा क्यानका याम केसीले वर्ड प्रेस, बल्गीङ, सामाजिक सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो । क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालको अध्यक्षता र सचिव लालबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।