ताजा समाचार:
Search

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सामाग्रीसहित सम्मान

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, बैशाख २६ /
म्याग्दीको बेनी नगरपालिका–८ को वडा कार्यालयको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरी सम्मान गरिएको हो ।

IMG_6073  वडाका १० जना अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई डसना, सिरानी र बल्याङ्केट हस्तान्तरण गरी सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । उनीहरुलाई प्रदेशसभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषाल, नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, झलप्रसाद गौचन लगायतले सामान प्रदान गरी सम्मान गरेका थिए ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै प्रदेशसभा सदस्य विनोद केसीले लक्षित वर्गलाई विगतमा दिइँदै आएको सेवासुविधामा थप वृद्धि गरेर विशेष नीति तथा कार्यक्रमहरु ल्याउने तयारीमा प्रदेश सरकार रहेको बताए । उनले ज्येष्ठ नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बञ्चित नगराइने स्पष्ट पार्दै उनीहरुलाई आवश्यक सहयोग तथा सम्मानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले हरेक क्षेत्रमा प्रत्याभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन् । IMG_6085बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई सेवा केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्नुपर्ने बताउँदै आगामी आर्थिक वर्षको कार्यक्रममा लक्षित वर्गलाई समेटेर कार्यक्रम बनाइने बताए । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषालले अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई सबैले माया, ममता र हौसला प्रदान गर्नुपर्ने बताए । IMG_6094कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै वडा अध्यक्ष एवं बेनपाका प्रवक्ता रामकृष्ण बराईलीले समाजमा रहेका अपाङ्ग तथा ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालयमार्फत सम्मानको कार्यक्रम ल्याइएको जानकारी दिए । कार्यक्रम वडाध्यक्ष बराईलीको अध्यक्षता तथा स्वागत र वडा सचिव कृष्णप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।