प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनिक

विकल्प न्यूज/बेनी
बेनी २३ बैशाख । 31959924_1690657034344057_938835492483366912_n बेनी नगरपालिका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनिक गरिएको छ ।

रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई क्लबका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् ।
प्रतियोगिताका लागि नौ लाख ५२ हजार ८२२ रुपैयाँ आम्दानी र चार लाख १८ हजार ५१५ रुपैयाँ खर्च भएको क्लबका उपाध्यक्ष मन्नु रावलले बताउनुभयो । उहाँका अनुसार चार लाख रुपैया अक्षयकोषमा राखिएको छ भने एक लाख ३२ हजार ५५५ रुपैयाँ घोषणा भएको सहयोग रकम प्राप्त हुन बाँकी छ ।

कोषको ब्याज रकम गाउँमा युवा सचेतना, रक्तदान, सरसफाई र गरिब तथा जेहेन्दा विद्यार्थीलाई छात्रवृत्तीमा परिचालन गरिने उपाध्यक्ष रावलले बताउनुभयो । अध्यक्ष गणेश बोगटी, उपाध्यक्ष रावल, सचिव दानबहादुर महत, कोषाध्यक्ष खमबहादुर पुन लगायत कल्वका पदाधीकारी र सदस्यहरुले टोली सम्मानका लागि घरदैलोमा गएका थिए ।