बालगृहलाई फिल्टर सहयोग

विकल्प न्यूज/बेनी
बैशाख २९ गते । IMG_1965बेनी नगरपालिका ७ मा रहेको शिवालय टोल सुधार समितिले शनिबार म्याग्दी बालगृहलाई विद्युतीय फिल्टर लगायतका सामाग्री सहयोग गरेको छ ।

नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रीत अनाथ बालबालीकाहरुलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले एक थान विद्युतीय फिल्टर उपलब्ध गराइएको हो । समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले संगठनका सभापति नेत्रबहादुर महतलाई फिल्टर सहित एक बोरा चामल, दाल, नुन, तेल, बिस्कुट लगायत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
संयोजक श्रेष्ठको अध्यक्षता, बद्रि पौडेलको सञ्चालन र उपाध्यक्ष पूर्णबहादुर जिसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सभापति महतले मन्तब्य राख्नुभएको थियो । बालगृहमा हाल ११ जना अनाथ बालबालीका आश्रीत छन् ।