बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
डाँडाखेत ३० बैशाख ।IMG_2027एक वर्षअघिको आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ ।

दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेलले आईतबार भवनको शिलन्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष याङ र विद्यालयबीच भवन पुननिर्माणमा सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुई तले भवन निर्माणका लागि एक करोड रुपैया लागत अनुमान गरिएको प्रअ रामप्रसाद शर्माले बताउनुभयो । हाल दक्षिण कोरीयामा रहनुभएका विद्यालयका पूर्व बिद्यार्थी बिनोद कुँवर र संगिता कार्की कुँवरको पहलमा संस्थाले पुननिर्माणमा सहयोग गरेको हो ।

आगामी आठ महिनाभित्रमा भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ । शिक्षा विकास तथा समन्वय ईकाईको बहुवर्षे योजना अन्तरगत ३६ लाख रुपैया अनुदानमा बालविकास, सिकाई केन्द्र, पुस्तकालय र कम्प्युटर ल्याबका लागि थप चार कोठे भवन समेत निर्माण भैरहेको छ ।
भवन निर्माणका लागि स्थानीयबासी र पूर्व विद्यार्थीबाट २२ लाख रुपैया सहयोग जुटाएर दुई रोपनी १० आना जग्गा खरिद गरिएको थियो । २०७३ फागुन २६ गते साँझ विद्युत सर्ट भएर आगोलागी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाको अध्यक्षता, शिक्षक अर्जुन खत्रीको सञ्चालन र स्रोत व्यक्ति मोहन बानियाको स्वागत मन्तब्यमा सम्पन्न कार्यत्रममा वडा अध्यक्ष गोविन्द्रप्रसाद पौडेल, ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशन नेपालका अध्यक्ष उद्धवप्रसाद उप्रेती, उपाध्यक्ष सिद्धीलाल श्रेष्ठ र व्यवस्थापन समितिका सदस्य सुमन बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।