बेनी नगरपालिका

बेनी नगरपालिकाले ग¥यो नगरवासीलाई खुसी बनाउने निर्णय

विकल्प न्यूज/बेनी माघ १५ गते । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको […]

कृषि क्षेत्रको विकासका लागि बजेटको कमि हुँदैन ः प्रमुख श्रेष्ठ

विकल्प न्यूज/बेनी माघ १४ गते । व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि आगमी दिनमा बजेटको कुनै कमि नहुँने बताउनुभएको हो । प्रमुख श्रेष्ठले साधनस्रोतले पुगे सम्म किसानहरुलाई प्रोत्साहन मिल्ने नीति कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले कुनै कन्झुसाई नगर्ने उहाँको […]

बेनीमा विश्व कुष्ठरोग दिवस मनाइयो

विकल्प न्यूज/बेनी माघ १४ गते । ६५ औ विश्व कुष्ठरोग दिवस बेनीमा आईतबार पत्रकार र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन […]

बेनपाको योजनामा उपभोक्ताको बेवास्ता

विकल्प न्यूज/बेनी माघ ११ गते ।बेनी नगरपालिकाले यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरु योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेपछि हालै बसेको नगर कार्यपालीका बैठकले पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका योजनाको सम्झौता गर्ने […]

नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिँदै

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो । नगर क्षेत्रभित्रका […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ ।  दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा निर्माण […]

खबरामा निर्माण भएको लिफ्ट सिँचाई आयोजना उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज खबरा २३ पुष । बेनी नगरपालिका २ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाको आईतबार उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले हाँडेभिरको म्याग्दी नदि किनारबाट विद्युतीय पम्पको प्रयोग गरेर खबरामा सिचाईका लागि पानी आपुर्ती गराउन निर्माण गरेको आयोजनाको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्नुहुदै सांसद थापाले […]

नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो

विकल्प न्यूज/बेनी पुस २१ ग्ते । सन्तोष गौतम बेनी २१ पुष । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य हुनुभएको हो । वि.स २०६५ चैत ३ […]

बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष ।म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर […]

म्याग्दीकाली ले १० प्रतिशत वोनस सेयर वितरण गर्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धिका लागि […]

म्याग्दीमा पहिलो पटक टिम्मुर प्रसोधन गर्ने औजार भित्रीयो

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीमा मसलेदार फल टिम्मुरको प्रसोधन गर्ने औजार भित्रीएको छ । बेनी नगरपालिका ९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलो पटक टिम्मुर सुकाउने, प्रसोधन, तौलने र पिधेर मसला बनाउने औजार भित्र्याएको हो । जिल्ला वन कार्यालय म्याग्दीको दश लाख रुपैयाँ अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाँले जानकारी […]

खबरामा सिँचाईका लागि पोखरी

विकल्प न्यूज/बेनी पुस १७ गते । पोखरी निर्माण भएपछि कृषकहरुलाई सिँचाई गर्न सहज भएको छ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाई गर्ने व्यवस्था मिलाइएको हो । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपुर्ती गर्दा खेतीबालीमा सिँचाई गर्न सहज भएको कृषकहरुले बताएका छन् । पोखरी निर्माण भएपछि सुख्खा याममा […]

बेनीका मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको बधस्थल र […]

यसरी हुँदै छ बेनी बजार संरक्षण

विकल्प न्यूज/बेनी पुस १६ गते ।   म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ । चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ […]