बेनीको शिरमा रामायण पार्क निर्माणको तयारी

विकल्प न्यूज/बेनी
असार २३ गते ।

beni new photoबेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रावण पार्क निर्माणको तयारी गरेको छ ।

परामर्शदाता कम्पनी मार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिम चरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनौट गरेको छ ।

चालु आर्थिक वर्षमा चालीस लाख रुपैयाँ बिनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि ४२ लाख रुपैयाँ बिनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

“करिब पाँच लाख रुपैयाँमा सम्झौता गरेको परामर्शदाता कम्पनीले स्थलगत अध्ययन र सर्वेक्षण सकेर प्रतिवेदन बनाउदैछ” ८ नम्बर वडाका अध्यक्ष समेत रहेका बराईलीले भन्नुभयो “डिपीआर बनेपछि आगामी वर्ष नगरपालिकाको गौरवको आयोजनाको रुपमा महत्वका साथ रामायणपार्क बनाउछौ ।”
पुलाश्रममा रामायण जन्मिएको ऐतिहाँसीक धार्मीक ग्रन्थहरुमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । रामायण पार्क निर्माण भएपछि म्याग्दी हँुदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।