ताजा समाचार:
Search

स्थानीय तहमा २५ शैयाको अस्पताल बनाउन छलफल

धिरन खत्रीे/विकल्प न्यूज
म्याग्दी, १७ असार । health (2)प्रदेश नम्बर ४ को सरकार अन्तगतको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापनाको निणर्य गरको छ । मन्त्रालयको आयोजनामा म्याग्दीको स्थानीय तहमा ५० र २५ शैयाको अस्पताल स्थापनामा जग्गाको अवस्थाबारे र स्वास्थ्य चौकीको सेवाप्रवाहबारे जनप्रतिनीधि र स्वास्थ्य संयोजकसंग आईतबार छलफल गरिएको छ ।
जिल्लाको १ नगरपालिका र ५ गाउँपालिकाको स्वास्थ्य संस्थाको अवस्था र स्तरोन्नतीको सम्भावनाको छलफल लिदै प्रदेश सरकारले लिएकोे नीति तथा बजेट र योजनाबारे मन्त्रालयका स्वास्थ्य शाखाको टोलीले जानकारी गराएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र ५ ओटा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित रहेको थियो । कार्यक्रममा स्थानीय तहको स्वास्थ्य चौकीको अवस्था, सेवाप्रवाह, कर्मचारीका अवस्था, पुर्वाधारको अवस्था २५ शैयाको अस्पताल निर्माणमा जग्गा अवस्थाबारे गाउँपालिका स्वास्थ्य संयोजकले जानकारी गराएका थिए ।

नगरपालिकामा ५० र गाउँपालिकामा २५ शैयाको अस्पताल स्थापनाका लागि स्थानीय तहसंग स्थानको पहिचान र पुर्वाधार निर्माणमा आवश्यक जग्गा उपलब्ध गराएर ५ बर्षभित्र सुविधासम्पन्न स्वास्थ्थ अस्पताल स्थापना गर्ने प्रदेश सरकारे अभियान छ । स्वास्थ्य संस्थामा आधारभूत सेवा संगै एक चिकित्सक ब्यवस्था गर्नेे निणर्यलाई कार्यान्वयन गर्न स्थानीय तहसंग समन्वय गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले जानकारी गराए ।

पाचवर्षभित्र प्रदेश सरकारले क्यान्सर, मुटु रोग तथा मृगौला रोगका उपचारकालागि अत्याधुनिक सेवा सहित पुर्वाधार ब्यवस्था सहितको अस्पताल सहितको १ हजार शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । जसका लागि ४२ करोड ५० लाख विनियोजन भएको मन्त्रालयले जानकारी दिएको छ ।

जिससका प्रमुख केसीले जिल्लामा समाजिक क्षेत्रका सेवासुविधालाई गुणस्तर बनाउन पुर्वाधार निर्माणसंगै थप जनशक्ति आवश्यक भएको बताउदै स्थास्थ्य क्षेत्रमा सेवाप्रवाहलाई गुणस्तर बनाउन स्थानीय तह जिम्मेवारी हुनुपर्ने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी अधिकारीले अस्पताल निर्माण लागि केन्द्रको अनुसन्धानबाट स्वास्थ्य चौकी तथा अस्पतालप बनाउन छनोट भएको ठाउँको सूचना जानकारी गराउन प्रदेशे स्वास्थ्य विभागलाई आग्रह गरेका थिए ।

त्यस्तै जिल्ला अस्पताल अध्यक्ष माधवप्रसाद रेग्मीले ५० शैयाको अस्पताल निर्माण ढिलाई भएको हुदाँ यसलाई छिटो छरितो गर्न प्रदेश सरकारले ढिलो काम गर्ने ठेकेदारलाई ठोस नीति ल्याउन लागि आग्रह गरेका थिए । स्थास्थ्य क्षेत्रको पुर्वाधार निर्माणमा ढिलाईले जिल्ला अस्पतालमा सेवा प्रवाहमा असहज भएको बताए ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानले ३९ ओटा स्वास्थ्य संस्थाबाट आधारभुत सेवा प्रवाहका लागि पुर्वाधार निर्माण भन्दापनि आवश्यक सेवासुविधा र चिकित्सक थप गर्न आवश्यक रहेको बताएका थिए ।
निरिक्षक नविन किरण भुसालको स्वागत तथा कार्यक्रमको उद्देश्य राखेको कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरिक्षक ढकालले गरेका थिए ।