ताजा समाचार:
Search

पर्यटकीय स्थलमा सार्वजनिक शौचालय निर्माण

विकल्प न्यूज/बेनी
म्याग्दी २२ असार । IMG_6413म्याग्दीको प्रमुख पर्यटकीय अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ । भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवत जावत गर्ने यात्रुहरुको सुबिधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा आठ लाख तिन हजार ४४२ रुपैयाको लगानीमा शौचालय निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्याम रानाले जानकारी दिनुभयो ।

शौचालय निर्माणका लागि नेपाल सरकारको तिन लाख ९४ हजार ७७१, फिन्ल्याड सरकारको एक हजार ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालीकाको ३२ हजार ५०४, स्थानीयबासीको आठ हजार ३४ रुपैया नगद र एक लाख ८४ हजार ७९१ रुपैया बराबरको श्रमदान भएको छ ।

जिल्ला समन्वय समितिको सहजिकरणमा निर्माण भएको सार्वजनीक शौचालयको बिहीबार वडा अध्यक्ष ओमप्रकाश फगामीले उद्घाटन गर्नुभएको थियो । सरसफाई र पर्यटन प्रर्वद्धनका लागि सार्वजनीक शौचालय प्रभावकारी बन्ने वडा अध्यक्ष फगामीले बताउनुभयो ।
बेनी जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी संकलन गरीएको तलाउमा स्नानका लागि वार्षिक एक लाख जना भन्दा बढी स्वदेशी तथा बिदेशी पर्यटकहरु भित्रने गरेका छन् ।