क्याम्पस चोकलाई जोगाउन वृक्षारोपण

सन्दिप शर्मा/विकल्प न्यूज
असार २३ गते । 20180707_091451सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा शनिबार वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजना तथा बेनी नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुख रोपेको उपभोक्ता समितीका सचिव ठाकुरप्रसाद शर्मा बताउनुभयो ।

करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय खन्नीउ, पिपल, अम्रीसो, निसी लगाएतका १० प्रजातिका करिब एक हजार विरुवाहरु रोपेको आचार्यले बताउनुभयो । वेनी बजारका क्याम्पस चोक लागाएतका विभिन्न ठाँउहरुमा वर्षका कारण वाढी पहिरो आएर वजारलाई पटक पटक असुरक्षित बनाए पछि गतबर्ष वाढी नियन्त्रणका लागि नाली निमार्ण गरिएको र अहिले विभिन्न १४ ठाँउमा चेकड्याम समेत निमार्ण गरिएको सचिव शर्माले बताउनुभयो ।

विक्षारोण गर्न पुगेका वेनी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली र वडा सदस्य हेमबहादुर भण्डारीले विक्षारोपण तथा चेकड्याम निमार्ण भएकोले बाढी तथा पहिरो आउने सम्भावना कम हुने बताउनुभयो । विक्षारोपण कार्यक्रममा बेनी बजारका करीब ३० जनाको सहभागीता रहेको थियो ।