बेनी नगरपालिका
मृगौला पीडित सुरेशको उपचारका लागि बुद्ध एकेडेमीको सहयोग
विकल्प न्यूज/बेनी भदौ २२ गते । मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीले आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीबाट संकलित १४ हजार ६६० रुपियाँ शिक्षक डक वहादुर राम्जालीले शुक्रवार ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा […]
बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष
विकल्प न्यूज/बेनी भदौ २२ गते । यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो । […]
रेडक्रस दिवसमा विद्यालयमा सरसफाई
विकल्प न्यूज /बेनी म्याग्दी, भदौ २० ५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो । रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी, विद्यालयका शिक्षकहरु, युरेसका […]
५१ औं पटक रक्तदान गर्ने केसी सम्मानित
विकल्प न्यूज/बेनी भदौ १९ गते । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५१ औं पटक रक्तदान गर्ने सुरत केसीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी केसीलाई मंगलबार रेडक्रसको ५६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रमका विच सम्मान गरिएको हो । रेडक्रसका सभापति लेखवहादुर हमाल र […]
जन्मदिनमा विद्यालयलाई कम्प्युटर र विद्यार्थीलाई स्टेशनरी सहयोग
विकल्प न्यूज/बेनी भदौ १९ गते । बेनी नगरपालिका ६ जामुनाखर्क माध्यमिक विद्यालयका एकजना शिक्षकले आफ्नो जन्मदिनका अवसरमा विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।विद्यालयमा कार्यरत शिक्षक नवराज शर्माले जन्मदिनको अवसर पारेर मंगलबार एकथान कम्प्युटर र ५ जना विद्यार्थीहरुलाई एकहजार दुइसय बराबरको स्टेशनरी सामग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो […]
मंगला आमा समुहद्धारा शान्तिकोषलाई १० हजार सहयोग
विकल्प न्यूज/बेनी भदौ १८ गते । बेनी नगरपालिका ७ स्थित मंगलाघाटमा रहेको मंगला आमा समुहले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १० हजार रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको डेढ करोडको अक्षयकोष स्थापना अभियानका लागि आमा समूहको तर्फबाट अध्यक्ष टकसरा राना र तारा छन्त्यालले दश हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । […]
बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन
विकल्प न्यूज/बेनी भदौ १७ गते । सदरमुकाम बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार जेष्ठ नागरिक द्धाय भद्रकुमारी श्रेष्ठ र नरसिंह राज राजभण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । बेनीका प्रतिस्ठीत समाजसेवी र उद्योगी सम्मलित माउन्ट एभरेष्ट विद्यालयद्धारा हुलाकचोक स्थित रेडक्रसको भवनमा करिव नयाँ व्यवस्थापनका साथ […]
लायन्स क्लबको तीज तथा कानुनी सचेतना कार्यक्रम
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १७ । लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तीजको अवसरमा नयाँ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्कृति जगेर्नाका लागि तीज कार्यक्रम–२०७५ तथा नयाँ कानुनी सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले कला र संस्कृति अमुल्य सम्पति भएकाले यसको […]
पूजाको घरमै पुगेर जन्म दर्ता
विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी नगरपालिका ६ फोकटेकी पूजा खत्रीको घरमै पुगेर वडा कार्यालयले जन्म दर्ता गरिदिएको छ । वडा अध्यक्ष कृष्ण वहादुर बानियाँ र सचिव चित्रनाथ शर्मा खत्रीको घरमा पुगेर जन्मदार्ता गरिदिएका हुन । पारिवारिक अनमेलका कारण बावा आमाले घर छाडेर हिडेपछि खाने खर्च र लेख्ने कापी कलम नभएपछि कक्षा ६ […]
विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग
विकल्प न्यूज/बेनी भदौ १४ गते । गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ । बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो । गरिब,निमुखा बालबालिका […]
भौतिक पूर्वाधारमा कमी
घनश्याम खड्का /बेनी भदौ १४ गते । गीतमा बेनीको बजार सुन्दर छ । म्याग्दी र कालीगण्डकी नदीले घेरिएको बजार क्षेत्र तस्बिरमा पनि उत्तिकै सुन्दर छ । नगरपालिकाले भने यहाँ कार्यालय राख्ने उपयुक्त जग्गा पाउन सकेको छैन । बेनी नगरपालिका साबिकका आठवटा गाउँ विकास समिति गाभेर बनेको हो । १० वटा वडा रहेको यो नगरपालिकालाई उपयुक्त पूर्वाधारसहित कार्यालय राख्ने चुनावी […]
दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग
विकल्प न्यूज/बेनी भदौ १४ गते । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । बुधवार अस्पतालमा आयोजित एक कार्यक्रममा सहयोगदाता सुवेदी […]
मृर्गौला पीडित विश्वकर्मालाई आर्थिक सहयोग
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १३ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समितिमार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी विश्वकर्मालाई अभियान समितिले […]
महिला उद्यमीहरु सँग विद्यार्थीको छलफल
विकल्प न्यूज/बेनी भदौ १२ गते । वेष्ट पोईन्ट कलेजमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वेष्ट पोइन्ट कलेज बिबिएस चौथो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुले उद्यम र उद्यमसिलता बिषयक सामुहिक छलफल, प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सभापति, सुनिता केसी । अल्लो कपडा उद्योगको […]
हरेलो मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार
विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दलवहादुर पाइजाले जानकारी […]