ताजा समाचार:
Search

हरेलो मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

विकल्प न्यूज/बेनी
भदौ ११ गते । 40159356_2033625300026954_5283921440465223680_n बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दलवहादुर पाइजाले जानकारी दिनुभयो । दुइ दिन सम्म चलेको मेलामा अध्यक्ष पाइजाको नेतृत्वमा उक्त सहयोग रकम संकलन भएको हो ।

संकलित रकम सोमबार सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । मेला मनाउन आएका सर्वसाधरणहरु विच सुरेशको उपचारका लागि आह्वान गरिएको र सवैजनाले स्वतस्फुर्त रुपमा सहयोग गरेको अभियन्ता लालकुमार रोकाले बताउनुभयो । सहयोग संकलन गर्न मगर र छन्त्याल विद्यार्थीहरुले मेलामा विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।suresh helpयसै गरि दुइबै मा रहनुभएका सोम रोकाको नेतृत्वमा संकलन भएको ८७ हजार दुइ सय ७० रुपियाँ सुरेशको परिवारलाई हस्तान्तरण गरिएको शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

क्याम्पसचोक वस्नुहुने कमल राईले दुइहजार एकसय ५ रुपियाँ सहयोग गर्नुभएको छ । यसअघि मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले ४३ हजार पाँचसय १५ रुपियाँ जुटाएका थिए । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष शाक्यले बताउनुभयो । छन्त्यालको उपचारका लागि सक्दो सहयोग गर्न अध्यक्ष शाक्यले सवैमा अनुरोध गर्नुभएको छ ।