विकल्प न्यूज/बेनी
भदौ १८ गते । बेनी नगरपालिका ७ स्थित मंगलाघाटमा रहेको मंगला आमा समुहले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।
शान्तिकोषको डेढ करोडको अक्षयकोष स्थापना अभियानका लागि आमा समूहको तर्फबाट अध्यक्ष टकसरा राना र तारा छन्त्यालले दश हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । आमा समुह बेनीमा विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ ।