महिला उद्यमीहरु सँग विद्यार्थीको छलफल

विकल्प न्यूज/बेनी
भदौ १२ गते । DSC06254वेष्ट पोईन्ट कलेजमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वेष्ट पोइन्ट कलेज बिबिएस चौथो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुले उद्यम र उद्यमसिलता बिषयक सामुहिक छलफल, प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सभापति, सुनिता केसी ।

अल्लो कपडा उद्योगको संचालक, बिष्णु गुरुङ, गलेश्वर मसला उद्योगका संचालक, म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सदस्य गङ्गा खत्री, रोयल ब्युटीएण्ड ट्रेनिङ सेन्टर का संचालक, म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सदस्य लायन्स सदस्य र म्याग्दी जेसिस सदस्य,२०७१ असार ३१ गते उत्कृष्ट महिला उद्यमी अवार्ड, संगीता श्रेष्ठ, होटल डल्फिनका संचालक (बिक्रम सम्बत २०७३ सालमा सफल महिला उद्यमिको रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित) नानु श्रेष्ठ, श्रेष्ठ स–मिल तथा फर्निचर उद्योग, श्रेष्ठ ग्रिल तथा स्टिल फर्निचर उद्योगका संचालक (बिक्रम सम्बत २०७३ सालमा सफल महिला उद्यमिको रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित) साधना श्रेष्ठ म्याग्दी ढाका उद्योगका संचालक (बिक्रम सम्बत २०७१ साल साउन ३१ गते सफल उद्दमीको रुपमा राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित) राष्ट्रिय लघुउद्यम विकास महासंघको उपाध्यक्ष दिलु घताने । जय माँ लक्ष्मि सुनचाँदी पसलका संचालक, महिला उद्यम विकास समितिका सदस्य जानकी बिश्वकर्मा प्रबक्ताको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रमको शुरुवात गर्दै मध्यस्तकर्ता सुस्मिता बरुवालल नेपालमा ६५ प्रतिशत मानिसहरु कृषिमा निर्भर रहेको यो कृषि प्रणाली निर्वाहमुखी र टाइम पास हुने खालको मात्रै भएकोले जव सम्म कृषिमा रहेको निर्भरता कम गर्न सकिन्न देशको अर्थतन्त्र अपेक्षित सुधार नहुने कुरा बताउनु भयो । उहाँले कृषिमा रहेको निर्भरतालाई कम गर्न उद्योग व्यवसाय र उत्पादनका क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने । बताउनु भयो ।

वर्तमान युवा पुस्तामा उद्यमसिलताको विकास गरि आत्मनिर्भर बनाउन सहयोग पुर्याउनेछ भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गेिरएको बताउनु भयो । म्याग्दी जिल्लाका महिला उद्यमीहरुलाई हामीले निम्ता गरेर उहाँहरुका अनुभवहरू सुने पछी पक्कै पनि हामीहरुमा पनि थप उर्जा प्रबाह हुनेछ भन्ने बिश्वास लिएको बताउँदे उपस्थित विद्यार्थी, शिक्षक र अतिथिले सोधेका प्रश्नहरुको सहजीकरण गर्नुभएको थियो ।

प्रबक्ताहरुले आ–आफ्नो उद्यम र ब्यबसाय संग सम्बन्धित प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । महिला उद्यमी तथा कार्यक्रमका प्रवक्ताहरुले कलेवले उत्कृष्ट कार्यक्रम गरेर आफुलाई बोलाई यसरी उद्यमशीलताको बारेमा जानाकारी गराउने अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका छन् ।

कलेजका प्रिन्सिपल वीणा झाले ब्यवस्थापन कलेजमा सैद्धान्तिक ज्ञान संगै यसको ब्यवहारिक पक्षलाई अभ्यास गर्न कार्यक्रमको आयोजनना गरिएको बताउनु भयो ।

त्यसैगरि वेष्ट पोईन्ट एजुकेसन फाउण्डेसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले उद्यम र उद्यमशीलताका बारेमा जानाकारी गराउनु भयो । टिपोटकर्ता शिक्षक कृष्ण गिरीले प्रश्नकर्ता र प्रबक्ताको बिचारलाई बिश्लेषण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महिला उद्यमी तथा प्रबक्ताहरुलाई मायाँको चिनो प्रदान गरिएको वेष्ट पोईन्ट मिडिया हवले जनाएको छ ।