ताजा समाचार:
Search

मंगला गाउँपालिका

पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे

सन्तोष गौतम/विकल्प न्यूज बरंजा १९ माघ । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायिक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न दाताहरुबाट डस्टबिन […]

युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा युवा क्लवको नेतृत्वमा सडक मर्मत भएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा क्लवको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको क्लवका अध्यक्ष दिपु फगामीले जानकारी […]

मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालिकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालिकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा सहभागीता […]

पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । मंगलाले […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ पुष ।म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री र सिर्जनात्मक […]

मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

विकल्प न्यूज/बेनी पुस २२ गते । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ । तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभएको थियो […]

बरंजामा पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालिका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईन्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाँको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९ औ स्थापना […]

सडक खन्दा नहर पुरीएपछि कस्केरीमा सिँचाईको समस्या

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरको कस्केरीमा मोटरबाटो खन्दा नहर पुरीएपछि सिँचाईका लागि समस्या भएको छ । बेनी दरवाङ सडकखण्डको कस्केरी खण्डदेखि नेवारेखोला कुहुँ हुदै जोड्ने सडक निर्माणका क्रममा नेवारेखोला सिँचाई आयोजनाको नहर पुरीएको थियो । गत बर्ष सडक निर्माणका क्रममा नहर पुरीएपछि कस्केरीको फाँटमा सिँचाईको समस्या भएको हो । […]

मंगलामा खेलकुद विकास समिति गठन

विकल्प न्यूज/बेनी पुस १६ गते ।म्याग्दीको मंगला गाउँपालिकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कँडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुग्जाली, सदस्यहरुमा लिलन पुन, अनिता रोका, बिरबहादुर बिक, […]

जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]

म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]

बाम गठबन्धनको कुहुँमा आमसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् । वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको स्वागत मन्तब्यमा […]

बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी […]

बराङ्जामा वाम गठबन्धनको संयुक्त प्रचार अभियान

विकल्प न्यूज /बेनी कार्तिक १० गते । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले शुक्रबारदेखि संयुक्त प्रचार अभियान सुरु गरेका छन् । चुनाबी तालमेलसँगै त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले मंगला–३ बराङ्जाबाट संयुक्तरुपमा चुनाबी प्रचार अभियान सुरु गरेका हुन् । […]