जग्गादातालाई सम्मान

विकल्प न्यूज/बेनी

बैशाख २ गते । Land data lai Sammanम्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङ दिही स्थित सहयोगी आमा समूहले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिलाई शनिबार सम्मान गरेको छ ।

चार कोठे भवन निर्माणका लागि २५ हात पिछाड र १८ हात मुहाड भएको चार लाख रुपैया मूल्य बराबरको घडेरी उपलब्ध गराउनुभएका स्थानीय नेत्रबहादुर बुढा (नारायण) र उहाँकी श्रीमती रेवतीलाई नयाँ वर्ष २०७५ को अवसरमा सम्मान गरिएको हो ।

आमा समूहकी अध्यक्ष मिनाकुमारी पुनको अध्यक्षता, ताराबहादुर क्षेत्री र टेकबहादुर पुर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासीले बुढा दम्पत्तीलाई फुल, माला र अबिर लगाएर सम्मान गरेका थिए । आमा समूहले ढिकी जाँतोघर सहित सामुदायीक उपभोगका लागि भवन निर्माण गरेका हुन् ।