लाम्गादेका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ फागुन । Aarthik Helpक्यान्सरबाट थलीएर उपचारको क्रममा दिवंगत भएको मंगला गाउँपालिका १ कुहुँका दुर्गाबहादुर लाम्गादेका परिवारलाई कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
मालीका गाउँपालिका ६ दरवाङ घर भई हाल दक्षिण कोरीयामा रहनुभएका किसान सेन विश्वकर्माको पहलमा पचास हजार रुपैया सहयोग प्राप्त भएको लाम्गादेका ज्वाई अमृत नेपालीले बताउनुभयो ।

कोरियाबाट विश्वकर्माले पठाउनुभएको रकम आईतबार किरीया बसेका लाम्गादेका श्रीमती र छोराहरुलाई उपलब्ध गराइएको थियो । लाम्गादेको गत हप्ता उपचारको क्रममा निधन भएको थियो ।

क्यान्सरबाट थलीएका लाम्गादेको उपचारका लागि सहयोग जुटाउन देश बिदेशमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।