म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ १६ फागुन ।

DSC_0590जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ ।

कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । DSC_0569प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने समितिले जनाएको छ ।

प्रतियोगिताको दरवाङमा उद्घाटन गर्नुहुदै महिला, बालबालीका तथा समाज कल्याणमन्त्री थममाया थापाले रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादन गर्नका लागि सरकारले प्राबिधिक शिक्षामा जोड दिने बताउनुभयो । DSC_0584

देशलाई औद्योगीकीकरण गरी आर्थिक रुपमा सम्पन्न बनाउन हरेक स्थानीय तहमा ग्राम उद्योग स्थापना गरिने मन्त्री थापाले बताउनुभयो । उहाँले शुसासन र स्थिरता कायम गरेर देशमा जनताको अपेक्षा अनुसार संबिधानको कार्यान्वयन, समातामुलक समाज निर्माण, विकासको काम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताउनुभयो ।

म्याग्दी जिल्लाका प्राकृतिक स्रोत साधनलाई परिचालन गरेर विकासीत बनाई रोजगारीको लागि बिदेशीनुपर्ने बाध्यता कम गर्न निती, योजना र बजेट निर्माणमा सक्रिय भुमिका खेल्ने मन्त्री थापाले बताउनुभयो ।DSC_0613स्थानीय तहलाई सक्षम र बलीयो बनाउने गरी नीति निर्माण गरिने मन्त्री थापाले बताउनुभयो । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले जिल्लाका खेल प्रतिभाको पहिचान गरेर प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पु¥याउन प्रतियोगिताको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँ गाउँमा लाग्ने मेलालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रदेशसभा सदस्य नरदेवी पुन, बिनोद केसी, स्थानीय तहका जनप्रतिनिधि, खेलकुद र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । DSC_0599उद्घाटन कार्यक्रममा सहभागी विद्यालयले मार्चपास र दरवाङ बजारमा ¥याली सहित परिक्रमा गरेका थिए । तेक्वान्दो खेलाडीहरुले खेल कौशल प्रर्दशन गरेका थिए । प्रतियोगिताको समापन फागुन १९ गते बाबियाचौरमा गरिने जनाइएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । DSC_0596

तस्विरहरु ठाकुरप्रसाद आचार्य