चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १४ फागुन । IMG_6902म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमो पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अनितम चरणमा पुगेको जानकारी गराइएको हो ।

महिला, बालबालीका तथा समाज कल्याणमन्त्री थममाया थापाले उद्घाटन गर्नुहुने प्रतियोगिताको प्रचारप्रसार, आर्थिक स्रोत जुटाउने, खेलमैदान, आवास व्यवस्थापन र समन्वयको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
भलिबल सञ्चालन हुने दरवाङ, एथलेटिक्सका खेल हुने सहश्रधारा, कवड्डीको सबै र छात्रा भलिबलको फाईनल हुने बाबियाचौरको खेलमैदानमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
तिन वटै ठाउँमा प्रतियोगितामा सहभागी हुन आउने खेलाडीको खाने बस्ने सुबिधाका लागि आवास स्थानीय होटलहरुमा आवास व्यवस्थापन गरिएको छ । तिस देखि ४० वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

राज्य पुनसंरचनाको कार्यान्वयन, ग्रामिण क्षेत्रका विद्यालयहरुको अपेक्षा अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर आयोजना गरिएको राष्ट्रपति रनि«ङ शिल्डले ग्रामिण क्षेत्रका खेलाडी, विद्यार्थी उत्साहीत भएका छन् ।

कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो । प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई दश हजारका दरले सुबिधा उपलब्ध गराइने समितिले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तह र सहयोगदाताहरुबाट अपेक्षा गरेअनुसार प्रतिवद्धता आएको छ ।

जिल्लाका छ वटै स्थानीय तह, कार्यक्रम सञ्चालन हुने ठाउँका विद्यालय, युवा क्लब, आमा समूह र खेलकुदका विषयगत संघसंग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने समितिले जनाएको छ । प्रतियोगिताको तयारीका लागि अध्यक्ष विश्वकर्माको संयोजकत्वमा ११ वटा उपसमिति गठन भएको छ ।