सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज
बाबियाचौर १४ चैत । IMG_8779

मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि बुधबार मालिका र मंगला गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले दुई वटै गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालीका सदस्यहरुलाई भेटेर माग पत्र बुझाउदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । म्याग्दीमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चार माध्यम सञ्चालकहरु आवद्ध सोसाईटीले विकासका लागि सञ्चार माध्यमसंग सहकार्य गर्नका लागि आग्रह गरेको हो ।

IMG_8822सञ्चार माध्यमका लागि बजेटको व्यवस्था, स्थानीय सञ्चार माध्यमहरुबाट सूचना तथा सन्देश प्रकाशन, प्रशारणको व्यवस्था मिलाउन र सञ्चार क्षेत्रको क्षमता विकासको कार्यक्रम बनाउन माग गरिएको समितिका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

मालीका र मंगला गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद रोका, सतप्रसाद रोका, खरमाया बिटालु, सिर्जना केसी, छवीलाल सुवेदी र बिष्णु पौडेलले स्थानीय सञ्चार माध्यमसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।