मंगला ईकाईको सभापतिमा पाण्डे

विकल्प न्यूज/बेनी
चैत २५ गते । Mangala CCI (1) (1)म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको मंगला ईकाईको सभापतीमा हुमनाथ पाण्डे निर्वाचित हुनुभएको छ ।

बाबियाचौरमा शनिबार सम्पन्न मंगला गाउँपालीकाका ब्यवसायी, ब्यापारी र उद्यमीहरुको भेलाले ईकाईको उपसभापतीमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्षमा शोभा केसी र सहसचिवमा प्रमानन्द विश्वकर्मालाई चयन गरेको छ ।

सदस्यहरुमा रामचन्द्र पौडेल, तिलकप्रसाद पुन, होमप्रसाद सुवेदी, मोतिलाल शर्मा, भुपेन्द्र जुक्जाली, भिमबहादुर किसान, भुपेन्द्र केसी, धनकुमारी पौडेल, बेलबहादुर केसी, पूर्णबहादुर रोका, जंगलाल विश्वकर्मा चयन हुनुभएको छ । बाबियाचौर, कुहुँ, अर्मन र बरंजाका ब्यापारीहरुलाई समेटेर गठन भएको ईकाईको बैठकले एक सदस्य मनोनित गर्ने जनाइएको छ ।
भेलामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले कृषि, पर्यटन, साना उद्यम, जडिवुटी खेती, पशुपालन, फलफुल खेतीको माध्यमबाट गाउँपालिकालाई सम्बृद्ध बनाउन उद्यमी, ब्यापारीहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश ४ का सदस्य कुविरकुमार श्रेष्ठ, मंगला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर खाती, नेकपा एमालेका नारायणबहादुर अधिकारी, काँग्रेसका जितेन्द्र पुन, माओवादी केन्द्रका चन्द्रप्रसाद बुढा, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र महासचिव लिलाराम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, दितृय उपाध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो । यसअघि मालीका गाउँपालीकाको दरवाङमा ईकाई स्थापना गरिसकेको संघले अन्य स्थानीय तहमा पनी इकाई गठनको तयारी गरेको छ ।