मंगला गाउँपालिका
मंगलामा पालिकास्तरीय अस्पताल भवन अलपत्र

म्याग्दी, चैत २९ गते । मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी रु नौ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो । मङ्गला–५ हाडेभिरस्थित निर्माणाधीन भवन पछिल्लो एक वर्षयता कुनै पनि भौतिक प्रगति नभएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले बताउनुभयो । […]
म्याग्दीको मङ्गला गाउँपालिमा ६ वटा गौरवका योजना

विकल्प न्यूज/बेनीचैत ८ गते । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा ६ वटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१र८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवन लगायत ठूला योजनालाई ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन गर्न शुरु गरिएको हो । गाउँपालिकाले सङ्घीय समपूरक योजना अन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा ४ […]
मंगलामा एकसय १६ बढी योजना कार्यान्वयनमा

ठाकुरप्रसाद आचार्यचैत ४ गते । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका ठूला योजना कार्यान्वयनमा लगेको छ । संघीय,प्रदेश र गाउँसभाबाट बजेट विनियोजन भएका विकास योजनाहरु ठेक्का सम्झौता भई निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पूर्वाधार विकास तर्फका ६ वटा गौरबका ठूला योजना छनौंट गरी कार्यान्वयन […]
विपद व्यवस्थापन उच्च प्रथामिकतामा : मुख्यमन्त्री पाण्डे

म्याग्दी, चैत २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापनलाई गण्डकी प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहयोग तथा पश्चिम पृतना हेडक्वाटर पोखराको निर्देशनमा २३ नम्बर बाहिरी अड्डा बागलुङबाट मंगला गाउँपालिका –२ लाम्पाटामा सञ्चालित प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यास दुई २०८१ मा सम्बोधन गर्दै सो धारणा […]
सय रोपनी जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब

विकल्प न्यूज/बेनीफागुन १९ गते । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ। ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर […]
म्याग्दीमा दुईदिनमा तीनहजार बढीले लगाए एचपिभी खोप

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २३ गते । म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए […]
बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी, माघ १८ गते । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो । “फराकिलो पार्ने, नाली, टेवा […]
म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन

म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको म्याग्दी […]
मंगलाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्ररत्न माविलाई

विकल्प न्यूज\बेनीमंसिर ८ गते । मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि बरंजा प्रथम भएको छ । मंगला–५ कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ६ रजत, ४ काँस्य पदक जितेको हो । ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित मंगला मावि द्धितिय र ४ स्वर्ण, ३ रजत […]
मंगलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनीम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैलाशफाँटमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा […]
मंगलाबाट ठूलो परिमाणको लागूऔषध सहित महिला पक्राउ

विकल्प न्यूज\बेनीमंसिर ६ गते । म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरबाट ठूलो परिमाणको लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय खड्क बहादुर विकको घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले २३ वर्षीय पूर्णा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो […]
पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

विकल्प न्यूज/बेनीकात्तिक २७ गते । मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, […]
देउसीभैलोबाट मंगला शिक्षा क्याम्पसलाई ४० लाख जुट्यो

विकल्प न्यूज\बेनीकात्तिक २२ गते ।म्याग्दीको ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ। मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले […]
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु […]
पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

विकल्प न्युज/ बेनी साउन २६ गते । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो । पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक […]