म्याग्दी समाचार

बुद्ध एकेडेमीद्धारा खेलाडीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी माघ १९ गते । बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । विद्यालयको तर्फबाट क्षेत्र र जिल्ला स्तरीय विभिन्न विधाका खेलकुदहरुमा भाग लिइ उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो । पर्वतको जलजला ३ पर्वत बेनीमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित फाइभ […]

प्रदेश ४ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय

१८ माघ, पोखरा ।  अरु प्रदेशमा प्रदेशसभा बैठकको चटारो सकिएको छैन । तर, प्रदेश चारमा भने पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ ।  प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो । हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजा तथा […]

कर्मचारी नहुँदा प्रदेश ४ को बैठक तयारीमा अलमल

१८ माघ, पोखरा । प्रदेशसभा सञ्चालन तयारीका लागि आएका संसदका चार कर्मचारी नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्र पुग्दा सुनसान थियो । माघ २२ गते ११ बजे प्रदेशसभा बोलाइएको छ । यही भवनमा प्रदेशसभा सञ्चालन गर्नु पर्नेछ । तर, अरु कर्मचारी नआउँदा संसदीय कर्मचारी नै अन्यौलमा परेका छन् । सरकारले प्रदेशसभाका सञ्चालनका लागि २७ कर्मचारी खटाएको […]

म्याग्दीका श्रेष्ठ अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीका एक खेलाडी १२ वर्ष मुनीका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुनका लागि छनौट भएका छन् । जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागीता जनाउने नेपाली टोलीमा बेनी नगरपालिका ७ का अनुपम श्रेष्ठ छनौट भएका हुन् । पोखरामा भएको छनौट प्रतियोगिताबाट बेनी आवासीय माविमा […]

धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धी कार्यबिधी बनायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी […]

युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा युवा क्लवको नेतृत्वमा सडक मर्मत भएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा क्लवको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको क्लवका अध्यक्ष दिपु फगामीले जानकारी […]

महारानीथान–डाँडाखेत–ठूलोखोला सडक निर्माण

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकाम बेनी संग जोड्ने बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डमा बैकल्पीक सडक निर्माण भएको छ । बेनी नगरपालिका ७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुङ्गा, र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि ट्याक खोल्न […]

म्याग्दीमा “इलेक्टेड र सेलेक्टेड”को टकराव

सन्तोष गौतम/विकल्प न्यूज मघ १७ गते । “पत्राचार गरेर कार्यक्रममा बोलाईयो, उपस्थित भयौं तर वास्ता गरिएन, अपमान भयो भनेर जिशिअलाई फोन मार्फत जानकारी गराई बाहिरीएका हौ” मालीका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो “गाउँपालिका अध्यक्ष र नगर प्रमुख मात्रै सबै हुन भन्ने जस्तो ब्यवहार भयो ।” घटना न. (२) गत पुस तेस्रो साता बेनी नगरपालिका ६ […]

धौलागिरी गाउँपालिकाको लघुउद्यम रणनीति तयार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो ।गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक […]

बेनी बोडिङ्ग कपको उपाधी वेष्ट प्वाइन्टले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ माघ । अन्तर आधारभुत विद्यालय स्तरीय सातौ बेनी बोडीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताको लगातार तेस्रो पटक उपाधि जित्दै वेष्ट प्वाइन्टले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा […]

बानियाँलाई कृषि व्यवसायबाट सफलता

विकल्प न्यूज/बेनी माघ १६ गते । रोजगारीको खोजीमा बिदेशमा भौतारिदा भनेजस्तो नभएपछि घर फर्कीएर बहुउद्देश्यीय कृषि व्यवसाय गरेका म्याग्दीका एक युवा राम्रो आम्दानी गर्न सफल भएका छन् । दश वर्षअघि टिमुर खेती र नर्सरी सुरु गरेका बेनपा ९ तोरीपानीका ४० वर्षीय सागर बानियाँ जिल्लामै नमुना उद्यमीको रुपमा चिनिन सफल हुनुभएको छ । उहाँ रोजगारीका लागि […]

नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन्

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका व्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन् । डोजर […]

प्रदेश ४ मा माओवादीका सम्भावित सभामुख उम्मेदवार

प्रशान्त लामिछाने/काठमाण्डौं माघ १६ गते । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सभाको लागि आइतबार पद बाँडफाँट गर्‍यो। बाँडफाँट सँगै सत्तामा आफ्नो स्थान सुरक्षित गर्न एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले लविङ थालेका छन्। अन्य प्रदेश भन्दा माओवादीको कमजोर उपस्थिति रहेको ४ नम्बर प्रदेशमा माओवादीले सभामुख पाउने सहमति भएको छ भने ५ […]

यसरी तयार हुँदैछ प्रदेश ४ को प्रदेशसभा हल र मन्त्रालयहरु

अमृत सुवेदी/पोखरा  १४ माघ, पोखरा । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि पोखरामा ‘५५ झ्याले’ भवनको सिंगारपटार सुरु भइसकेको छ । सीप विकास केन्द्रका लागि श्रम […]

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज मालीका १५ माघ । म्याग्दीको मालीका गाउँपालिका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायिक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् […]