सन्तोष गौतम/विकल्प न्यूज
बेनी २७ फागुन । म्याग्दी बहुमुखी क्याम्पसको आईतबार बेनीमा सम्पन्न दसौ अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा सञ्चालक समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा सोमनाथ ढुङ्गाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, सदस्यहरुमा माधवप्रसाद रेग्मी, अजयमिलन श्रेष्ठ, दिपक श्रेष्ठ, राजकुमार थापा, दिपक बिखर्ची, हेमराज शर्मा, कृष्ण थापा, चिरञ्जिवी बोगटी र शेरबहादुर केसी चयन हुनुभएको छ ।
स्ववीयु सभापति, अभिभावक संघका अध्यक्ष, बेनपा ८ नम्बर वडाका अध्यक्ष र उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहनेगरी बिधान संसोधन गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । क्याम्पस प्रमुख पदेन सदस्य सचिव रहने व्यवस्था छ । अध्यक्ष सुवेदीले समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुभयो । नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई प्रदेशसभा सदस्य बिनोद केसी र निर्वाचन मण्डलका अध्यक्ष ठहरबहादुर भण्डारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
वि.स २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थान संकायमा दश जोड दुई र स्नातक तहको पठनपाठन सञ्चालन हुदै आएकोमा व्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन सुरु गरेको छ ।
क्याम्पसमा म्याग्दी, पर्वत, मुस्ताङ लगायत जिल्लाका एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्राबिधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्ने र क्युएए प्रणालीमा जाने योजना बनाइएको छ ।