पुन मगर समुदायको संस्कृति र सम्पदा संरक्षणमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
काफलडाँडा २५ फागुन ।  IMG_7992 म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालिका, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । karbakali 0पर्यटन मन्त्रालयका सहसचिव भरतमणी सुवेदीले पुन मगर समुदायको परम्परागत पुख्यौली नृत्य, धार्मीक तथा पर्यटकीय स्थल करबाकेलीको संरक्षण तथा प्रवद्र्धनमा सहकार्य एवं समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । IMG_7997उहाँले पुनमगर समुदायले आफ्नो संस्कृति र परम्परागत संस्कारको संरक्षणमा देखाएको अग्रसरता उदाहरणीय भएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पुन थरका मगर समुदायका पुस्ता करबाकेलीको अवसान भएको यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालीकाले प्राथमिकता दिने बताउनुभयो । IMG_7991उहाँले करबाकेलीमा पुन संग्रहालय स्थापनाका लागि गाउँपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डाक्टर भक्तराई, डाक्टर मिन श्रीस, प्रेम खत्री, मेजन पुन र करबाकोलीका संरक्षक चामबहादुर पुनले भाषा, संस्कृती, पुन मगरहरुको ईतिहाँस, करबाकेलीको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।  karbakeli 7सो अवसरमा पुन मगर समुदायको परम्परागत पुख्यौली नृत्य प्रस्तुत गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षता र पर्यटन मन्त्रालयका शाखा अधिकृत गणेशबहादुर कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा पुन समाज, मगर अध्ययन केन्द्र र विभिन्न ठाउँका पुन थरका मगर अगुवाहरुको उपस्थिती रहेको थियो । karbakeli 6तस्विरहरु ठाकुरप्रसाद आचार्य