सन्तोष गौतम /विकल्प न्यूज
बेनी २८ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षती पु¥याएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो ।
भित्र्याउने बेला भएको गहुँ, जौ, उम्रिदै गरेको आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताउनुभयो । बाँसखर्क, लेकफाँट, माझफाँट, शालीजा, पिप्ले, घतान, अर्थुङगे लगायत बेनी आसपासका क्षेत्रमा बाक्लो असीना परेको थियो ।
हिउँदभरीको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असीना पानीले नष्ट गरेपछि कृषी उपजको उत्पादनमा नकारात्मक असर पर्ने बाँसखर्कका श्याम अर्मजाले बताउनुभयो । कृषकहरुले क्षत्तीको मूल्याङकन गरी राहतको व्यवस्था गर्न माग गरेका छन् ।